मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाराक ओबामाको ‘ब्ल्याक भोटर’ सँग भावुक अपील

काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामालेले डेमोक्रेटिक पार्टीकी उम्मेदवार तथा बहालवाला अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका लागि मतदातासँग भावुक अपील गरेका छन् ।

उनले काला जातिका अमेरिकी नागरिक (ब्ल्याक भोटर) सँग कमलाको पक्षमा मतदान गर्न अपील गरेका हुन् ।

ओबामाले काला जातिका मतदातासँग भनेका छन्, ‘कमला ह्यारिसको पालनपोषण तपाईंहरू जस्तै हो । उहाँ तपाईंहरूका साथ नै क्याम्पसमा पड्नु भएको हो । कमला तपाईंहरूको अनुभवका साथसाथै सुख–दुःखबारे जानकार हुनुहुन्छ । ट्रम्प ९डोनाल्ड० ले केवल तपाईं र पूरै समुदायका साथ उपेक्षा भावमात्रै राखेका छन् ।’

सम्बोधनमा ओबामाले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका अभिव्यक्तिहरूको आलोचना पनि गरे । ट्रम्पले पनि मिशिगनमा आफ्नो चुनावी ¥यालीका दौरान भनेका थिए, ‘यदि, कमला ह्यारिस राष्ट्रपति बनिन् भने त्यो अमेरिकाका लागि समस्याजस्तै हुने छ ।’

ओबामा अमेरिकी इतिहासमा राष्ट्रपति पदको शपथ लिने पहिलो पहिले अश्वेत व्यक्तिमा पर्छन् । उनी सन् २००८ मा अमेरिकाका पहिलो ‘ब्ल्याक’ राष्ट्रपति बनेका थिए । ओवामाले लगातार दुई कार्यकाल ९२००८ देखि २०१२ र २०१२ देखि २०१६० अमेरिकाको शासन सत्ता सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?