काठमाडौँ– हामीमध्ये अधिकांशको कानमा भित्र फोहोर जम्ने बित्तिकै दुख्ने गर्छ । यसका साथै सामान्य दुखाई, कानमा खोट या अन्य कारणले गर्दा सुनाई बन्दसमेत हुने गर्छ । कानको दुखाइ हरेक वर्गमा हुने गर्छ । सानादेखि ठूला उमेरको समूहमा पनि यो समस्या हुने गर्छ ।
कानको दुखाइ धेरै असुविधाजनक र कष्टकर हुने गर्दछ । कानको दुखाईले गर्दा पनि हाम्रो दैनिक कार्यमा धेरै असर गर्छ । कानको दुखाइ, संक्रमण, दातमा दुखाई, कानगुजी जम्ने लगायत विभिन्न कारणले गर्दा विभिन्न समस्या हुने गर्छ । यसमध्ये केही समस्याहरुको समाधान पनि गर्न सकिन्छ । यदि तपाईलाई निरन्तर समस्या भइरहेको छ भने यसको उपचारको लागि डाक्टरको सल्लाह लिनुपर्छ ।
कानमा दुखाइ हुनुको कारणहरु
– नुहाउँदा कानमा स्याम्पु वा साबुन छिरेमा पनि दुख्न सक्छ ।
– कानमा जमेको फोहोरलाई जोडले निकाल्न खोज्दा पनि दुख्न सक्छ ।
– कानमा धारिलो वा तिखो बस्तु छिराउँदा पनि दुख्छ ।
– कुनै कारणले कान खोल्दा पनि दुख्ने गर्छ ।
– रुघाखोकी वा अन्य रोगको कारणले पनि कान दुख्ने गर्छ ।
– टाउकोमा गहिरो चोट लाग्ने, ठूलो आवाजमा बस्नु, कानमा विभिन्न वस्तुहरु राख्ने, कानको संक्रमणले पनि दुख्छ ।
– दाँतमा हुने व्याक्टेरियाबाट हुने इन्फेक्सनबाट पनि कानमा दुखाइ हुन्छ ।
– कानमा कीरा छिर्दा पनि दुखाइ हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया