मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सबैको लोकप्रिय आलुमा हुन्छ यति धेरै गुण, जानौँ यसको इतिहास

काठमाडौँ– आलुलाई तरकारीको राजाको रुपमा मान्ने गरिन्छ । यदि घरमा कुनै पनि तरकारी नभएको अवस्थामा आलुलाई नै प्रयोग गर्ने गरिन्छ । आलुको प्रयोगबाट नै विभिन्न व्यञ्जनहरु बनाउन सकिन्छ । अधिकांशले यसलाई मन पराउँछन् । यदि तपाई खानामा आलुलाई सही तरिकाले प्रयोग गर्नुहुन्छ भने यसले तपाईको स्वास्थ्यलाई फाइदासमेत गर्छ ।

आलु स्वादिलोसँगै फाइदाजनक पनि छ । यसमा भिटामिन सी, बी कम्प्लेक्स, आइरन, क्याल्सियम, म्याग्नेसियम र फस्फोरसजस्ता औषधीय गुणहरु पाइन्छ । आलुलाई आइरनको राम्रो स्रोतको रुपमा पनि मान्ने गरिन्छ । यसले शरीरमा अक्सिजनको कमीलाई समेत प्रत्याभूत गर्छ । क्याल्सियमले हडिलाई मजबुत बनाउँछ ।

आलुमा हुने क्योरोटीनाइड र भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । काँचो आलुको जुसले विभिन्न रोगको उपचारसमेत गर्छ । यदी तपाईको छाला जलेको छ भने आलुलाई पिनेर लगाउँदा पनि आराम महसूस गर्न सक्नुहुन्छ ।

आलुबाट विभिन्न प्रकारका स्वादिष्ट खानेकुराहरु बनाउन सकिन्छ । आलु चाट, चिप्स, पापड, फ्रेन्च फ्राई, समोसा, टिक्की र चोखाजस्ता विभिन्न व्यञ्जनहरु आलुकै प्रयोगबाट बन्ने गर्छ । यसका साथै दैनिकजसो आलुको मिसावटमा तरकारीसमेत बनाइने गरिन्छ ।

आलुको इतिहास निकै पुरानो छ । दक्षिण अमेरिकाको पेरु भन्ने ठाउँमा करिब सात हजार वर्ष पहिलेदेखि आलुको खेती हुँदै आएको छ । आलुको खेती सबैभन्दा पहिला पेरुमा भएको हो । त्यहाँ आलुलाई ‘कामाटा’ वा ‘बटाटा’ भन्ने गरिन्थ्यो । स्पेन हुँदै युरोपमा आएपछि आलुलाई ‘पोटाटो’ भन्न थालेको हो ।

व्यापारिक प्रयोजनबाट १५ औँ शताब्दीमा आलु भारत पुगेको थियो । आलु चीन, रुस र भारतमा धेरै उत्पादन हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?