मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फल एक, उपयोग अनेक: अचारदेखि तरकारीसम्म पकाउन मिल्ने कचरिया

काठमाडौँ– हामीले दैनिक रुपमा विभिन्न तरकारी तथा फलको सेवन गर्दै आएका छौँ । तर  आज हामी जमिनमा पाइने त्यस्ता फलको बारेमा कुराकानी गर्नेछौँ । जुन फललाई ठाउँ अनुसार फरक फरक नामले चिनिने गरिन्छ ।

कसैले यसलाई जमिनको फल त कसैले ‘कचरिया’ भनेर पनि सम्बोधन गर्ने गर्छन् । भारतमा अझ बढी लोकप्रिय यो फल काँक्रोजस्तो आकारको हुन्छ । यो खासगरी रेगिस्तानमा पाइन्छ । कतिपयले यसलाई कचरी पनि भन्ने गर्छन् । नेपाली शब्दकोशमा यसलाई लहरामा फल्ने, पहेँलो फूल र बाटुला पात हुने, ऐँसेलुजस्तो सानो फल भनिएको छ ।

यो फलमा प्रोटिन र मिनरल्स पनि अत्याधिक रुपमा पाइने गर्छ । यो फललाई तिल बालीको खेतमा पनि फलाउन सकिन्छ तर कसैले पनि प्रयोग गरेको पाइँदैन ।

चार महिनासम्म टिक्छ

अनुसन्धाताका अनुसार यो फल चार महिनासम्म फल्छ । कृषकहरु खेतमा काम गरेर थकित भएको अवस्थामा पनि यो फलको सेवन गरेर केही राहत लिन सक्छन् । किसानले मात्रै नभई अन्य व्यक्तिले पनि यसलाई सेवन गरेर धेरै फाइदा लिन सक्छन् ।

यसरी खान सकिन्छ

यसलाई पूर्ण रूपमा पाकिसके पछि मात्रै खान सकिन्छ । काँचो भएको बेलाई यसलाई अचार राख्न सकिन्छ  । पाकेपछि तरकारी बनाएर खान सकिन्छ । यसलाई अन्य सामान्य तरकारी जस्तै गरी बनाउन सकिन्छ । घरमा आलु, भ्यान्टा वा अन्य कुनै तरकारीलाई जसरी  बनाउने गरिन्छ । यसलाई पनि त्यसैगरी बनाउन सकिन्छ । यसको बीउलाई निकालेर राम्रोसँग सुकाएर तेलमा भुटेर पनि खान सकिन्छ । यसको स्वाद एकदम मीठो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?