काठमाडौँ- पछिल्लो समय साइबर अपराधका घटना बढ्दै गएका छन् । साइबर संसारमा आफू कहिले, कहाँ र कसरी ठगी, अपराध वा अन्य घटनाबाट पीडित भइन्छ पत्तै हुँदैन । इन्टरनेट र सामाजिक सञ्जाल चलाउँदा चनाखो नभए कुनै पनि बेला यस्ता घटना हुनसक्छ ।
खासगरी पछिल्लो समय सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोग गरी चरित्र हत्या गर्न, ठगी गर्ने, आपत्तिजनक तस्बीर र भिडियो अपलोड गरिदिनेजस्ता घटना बढिरहेको छ ।
यस्ता घटनाबाट पीडित भए तत्काल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइहाल्नुपर्छ । प्रहरीले आवश्यक अनुसन्धान गरेर दोषीलाई कारवाही गर्छ । तर, यस्ता घटनाबाट पीडित भएर पनि कहाँ जाने, के भन्ने, के के कागजात लिएर जाने जस्ता विषय धेरैलाई थाहा नहुन सक्छ । साइबर अपराधबाट पीडित भए कसलाई कहाँ र कसरी सम्पर्क गर्ने त ?
-साइबर अपराधमा परेको खण्डमा साइबर ब्युरोमा सम्पर्क गर्न सकिन्छ । यसका लागि आफैँ भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा गएर निवेदन दिन सकिन्छ ।
-त्यो सम्भव नभएमा साइबर ब्युरोको फेसबुक पेजमा गएर पनि उजुरी दिन सकिन्छ । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।
-साइबर ब्युरोमा अनलाइन उजुरी दिन यहाँ क्लिक गर्नुहोस् ।
-त्यसैगरी, इमेल मार्फत पनि साइबर अपराधको उजुरी दिन सकिन्छ । साइबर ब्युरोको इमेल ठेगाना [email protected] हो ।
निवेदन दिँदा के कस्ता कागजात आवश्यक पर्नसक्छ ?
-साइबर ब्युरोमा निवेदन दिँदा नागरिकता, राहदानी वा सवारी चालक अनुमति पत्रको प्रतिलिपि आवश्यक पर्नसक्छ ।
-बालबालिकाका लागि भने जन्मदर्ताको प्रतिलिपि चाहिन्छ ।
-घटनाको विवरण अझ प्रष्ट पार्न स्क्रिनसट अत्यावश्यक हुन्छ ।
-पीडित र पीडकको यूराएल वा सम्पर्क नम्बरहरु अझै महत्वपूर्ण हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया