मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समय यात्रा गरेर ६ सय ४७ वर्ष अगाडिको दुनियाँ देखेर फर्किएको दाबी, यस्ता छन् उनका भविष्यवाणी

काठमाडौँ– अधिकांश मानिस आफ्नो भविष्यवाणीबारे जान्न चाहन्छन् । यसका लागि मानिसहरुको ज्योतिषको शरण लिन पुग्छन् । जसले ग्रह र नक्षेत्रको चाल देखेर हाम्रो भविष्यवाणी गर्न सक्छन् । मानिसहरु यस्ता विषयमा धेरै जानकारी लिन चाहन्छन् ।

कहिले पनि नदेखिने भविष्यको कुरालाई लिएर मानिसहरु एकदमै उत्सुक हुन्छन् । यस्तै उत्सुकतालाई बढाउनका लागि केही व्यक्तिले आजभन्दा ६ सय ४७ वर्ष अगाडिको दुनियाँ देखेर आएको दाबी गरेका छन् ।

उनको दाबी अनुसार उनी सन् २६७१ बाट अहिलेको समयमा फर्किएका हुन् ।

डेली स्टारको रिपोर्ट अनुसार ती व्यक्तिको नाम हो, इनो एलेरिक । उनको दाबी अनुसार इनोले टाइम ट्राभल (समय यात्रा) गरेर अहिलेको समयमा फर्किएको भन्दै कैयन् भविष्यवाणी गरेका छन् । ती व्यक्तिले सन् २०२४ मा विश्वमा ठूला घटना घट्ने भन्दै सामाजिक सञ्जालमा दाबी गरेका छन् ।

अझ अचममको कुरा त उनको टिकटक एकाउन्टमा ९ लाख जनाले पछ्याएका छन् । उनले आफ्नो एकाउन्टमा आश्चर्य लाग्ने कुराबारे भविष्यवाणी गर्दै आइरहेका छन् ।

उनको दाबी अनुसार यसै वर्षको २३ अक्टोबरमा सोलार एनर्जी वाइन्सको माध्यमबाट मानिसले अमरताको बारेमा जानकारी लिने छन् । सूर्यबाट आउने विचित्र उर्जाको कारण मानिसहरुले यसलाई देख्न सक्ने उनको दाबी छ । यसबाट मानिसको मृत्यु कहिले हुन्छ भन्नेबारे जानकारी थाहा पाउने उनको दाबी छ । केही मानिसलाई आफू कहिल्यै नमर्ने र अमर भएर बस्नेबारे जानकारी हुनेछ ।

त्यस्तै उनको दाबी अनुसार २५ अक्टोबरमा दुनियाँले मर्‍यो भनेको एक संगीतकारले आफू जीवित भएको दावी गर्नेछन् । पछि ती संगीतकारले आफूले मरेको झुठो खबर फैलाएको बताउने छन् ।

त्यसपछि, ९ नोभेम्बरबाट एक हप्ताको लागि सूर्य गायब हुनेछ । र, दुनियाँभर अन्धकार हुनेछ भने १२ नोभेम्बरमा अन्टार्टिकाको तलबाट एक एलियनको अवशेषको खोजी हुनेछ । जुन रहस्यमय बिरामीवाला हुनेछ । जुन खबर दुनियाँभर तीव्र रुपमा फैलिने छ । तर एलियनको कुनै उपचार हुने छैन ।

ती व्यक्तिले आफ्नो कुरालाई सावित गर्न अरु पनि भविष्यवाणी गरेका छन् । यो भविष्यवाणी अपत्यारिला लाग्छन् ।

उनले दाबी गरे पनि सामाजिक सञ्जाल र ब्लगहरूमा भने इनोलाई फ्रड र गलत सूचना फैलाउन खोजेको भन्दै आलोचना गरिएको छ । कतिपयले भने यसलाई मजाकका रूपमा लिएका छन् । तर, इनोले भने आफ्नो टिकटक बायोमा मानव जगत छिट्टै ध्वस्त हुने दाबी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?