मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आवाज सुनेर झर्को लाग्ने ‘मिसोफोनिया’ कस्तो रोग हो?

काठमाडौँ- कतिपय मानिसलाई चर्को आवाज सुन्नासाथ झर्को लाग्ने समस्या हुन्छ । कसैको आवाज सुन्दा पनि झर्को लाग्ने,चिच्याहट हुने, रिस उठ्ने यस्तो पनि रोग हुन्छ र भन्ने लाग्न सक्छ । तर, हो यो पनि एक मानसिक स्वास्थ्य समस्या हो ।

ढोका खोल्दा, चर्को स्वरमा कुरा गर्दा, सवारीसाधन गुड्दा वा सुतेको बेला कसैले घुर्दा आउने आवाज धेरैका लागि सामान्य लाग्छ । तर हामीमध्ये केहीलाई यी आवाजले तनाव दिन्छ, झर्को लगाउँछ, रिस उठ्छ । एकछिन पागल झैं बनाउँछ ।

मेडिकलको भाषामा यसलाई मिसोफोनिया भनिन्छ । मनोविद् गोपाल ढकालका अनुसार मिसोफोनिया एक मनोरोग हो । यो समस्या हुँदा सबै आवाजले नभई केही आवाज कानमा पुगेपछि भावनात्मक वा शारीरिक प्रतिक्रियामा असर पुग्छ ।

यस्तो आवाजले रिस उठाउने वा डराउने बनाउन सक्छ । कहिलेकाहीँ अन्य असामान्य प्रतिक्रिया समेत देखिन्छ । भावनात्मक रुपमा चिडचिडाहट हुने, प्रेसर बढ्ने अरुको आवाजहरुले ईरीटेसन हुने, भिडभाड कोलाहलमा बस्न नसक्ने, एकान्त ठाँउ रोज्ने लगायतका समस्या देखिन्छन् । यस्तो समस्याको कुनै स्पेसिफिक आवाजका कारण हुदैँन । तर कुनै कुनै आवाजले भने चिडचिडापन, झर्को लाग्ने समस्या ल्याउन सक्छ । जस्तै कलकारखानाको आवाज, मोटर गाडी वा ठूला मेसिन, म्युजिक सिस्टम लगायत जुनसुकै आवाजले पनि यस्तो समस्या निम्त्याउन सक्छ । अझ कतिपयलाई त अरु व्यक्ति बोल्दा पनि यस्तो समस्या बल्झिन्छ ।

के कारणले हुन्छ?

यो समस्याको ठोस कारण अहिलेसम्म पत्ता लागेको छैन । मस्तिष्कमा उत्पादन हुने सेरोटोनिन र डोपामाइनजस्ता मस्तिस्क रसायनहरुको कमीले या अन्य मानसिक तनाव, मनोरोग, अटिजम, जीवन कालमा घटेका ठूलो ट्रमाको कारण लगायतले हुन सक्छ ।

यदि मिसोफोनिया भएमा कस्ता लक्षण देखिन्छन्?

यो समस्याबाट पीडित व्यक्ति आफूलाई अप्रिय लाग्ने आवाजमा आफ्नो रिस आवेगमा पोख्छन् । केही व्यक्ति आवाजलाई सुन्न नसकी कान थुन्दै सो वातावरणबाट बाहिरिन्छन् । कतिपयमा यस्तो आवाजले नर्भस बनाउने, शरीर तातो हुने, रक्तचाप बढ्ने, छाती दुखेको जस्तो, शरीरभरि नै एक किसिमको दबाब परेको जस्तो अनुभव गराउन सक्छ साथै डर लाग्ने, तनाव हुने पनि हुन्छ ।

यस्ता आवाजबाट बच्नकै लागि उनीहरू एकान्तमा बस्न रुचाउँछन् । किनकि आवाजहरूले उनीहरूको मनमा एक किसिमको डर पैदा गर्छ । यो रोगले सताएपछि यदि बच्चा हो भने पढाइमा असर गर्छ, विवाहित हो भने वैवाहिक जिवनमा नै असहजता आउनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?