मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दूधसँग भुलेर पनि नखानुहोस् यी खानेकुरा

काठमाडौँ- हामी सबैलाई थाहा छ, दूध पौष्टिक हिसाबले भरिपूर्ण छ । बच्चादेखि वृद्वासम्म हरेक व्यक्तिका लागि दूधको सेवन लाभदायक छ । दैनिक एक ग्लास दूधको सेवन गर्दा शरीरलाई धेरै फाइदा हुन्छ । दूध अरुको तुलनामा हानीरहित पोसिलो पदार्थ पनि मानिन्छ ।

गाईभैँसीको दूध पनि बिरामीदेखि सबैका लागि सिफारिस गरिन्छ । तर, दूधका केही घाटाहरू पनि हुने विभिन्न अध्ययनहरूले देखाएका छन् । अझ दूधसँग अरू कुरा पनि एकसाथ खाँदा त्यसले स्वास्थ्यलाई असर गर्छ ।

के के कुरा खानु हुँदैन?

दूधसँग दही कहिल्यै पनि सेवन गर्न हुँदैन । यसले छालासम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यस्तै मुला, माछा मासुजस्ता खानेकुरासँग पनि दूध पिउनु हुँदैन । यी चीज दूधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ ।

यसको प्रयोगले छालामा समस्या देखिन सक्छ । माछा निकै गर्मी चीज हो । तातो चिसो एकैपटक शरीरले पचाउन सक्दैन र सेतो दाग आउन सक्छ । जसलाई हामीले दूधे भनेर पनि बुझ्न सक्छौँ ।

यस्तै कालो दालसँग पनि दूध सेवन गर्नु हुँदैन । यसले शरीरलाई फाइदाको साटो उल्टो घाटा गर्छ ।

त्यसैगरी दूधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ । त्यति मात्र नभएर दूधसँग तिलको सेवन गर्नु पनि हानिकारक मानिन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।

दूधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।

दूध पिउनुअघि वा लगत्तै कहिलयै पनि कुनै फलको सेवन गर्नु उचित मानिँदैन । दूधसँग सुन्तला, भुईं कटहरजस्ता फलको सेवन गर्दा यसले स्वास्थ्यमा असर पुग्छ । साथै कतिपय मानिसहरु खाजामा दूधसँग ब्रेड बटर लिन्छन् तर दूध आफैंमा पूर्ण आहार हो । यी सबै चीज एकैसाथ सेवन गर्दा पेटमा भारीपनाको महसूस हुन्छ । यसैगरी आयुर्वेदको अनुसार प्रोटिन, कार्बोहाइड्रेट तथा अधिक मात्रामा फ्याट भएको वस्तुको सेवन एकैसाथ गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?