मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रोहित शेट्टीको फिल्म ‘सिंघम’ १३ वर्षपछि पुनः रिलिज हुँदै

काठमाडौँ – अजय देवगन र फिल्म निर्माता रोहित शेट्टी अहिले ‘सिंघम अगेन’ रिलिजको तयारीमा छन् । यसको ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । योसँगै फ्यानहरु पनि फिल्मको रिलिजको आतुरताका साथ पर्खिरहेका छन् ।

यो फिल्म २०२४ को दिपावलीको अवसरमा अर्थात १ नोभेम्बरमा रिलिज हुँदैछ । चाखलाग्दो कुरा के छ भने ‘सिंघम अगेन’को भव्य रिलिजअघि ‘सिंघम’को पहिलो किस्ता पनि पुनः हलमा रिलिज हुँदैछ ।

रोहित शेट्टीले २०११ को फिल्म ‘सिंघम’ बाट कप ब्रह्माण्ड सुरु गरेका थिए। शेट्टीले अब यो अजय देवगन स्टारर फिल्मलाई रिलिज गर्ने घोषणा इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै रोहितले लेखेका छन् ।

निर्माण पक्षले प्रेस नोट जारी गर्दै फ्यानहरुको ठूलो मागका कारण ‘सिंघम’ लाई हलमा रिलिज गर्ने निर्णय गरेको हो । फिल्मको पुन: रिलिजले दर्शकहरूलाई उच्च ओक्टेन एक्सन, तीव्र ड्रामा र आइकोनिक संवादहरूलाई पुन: जीवित गर्ने अवसर दिनेछ जसले ‘सिंघम’ लाई तत्काल क्लासिक बनाएको छ।

१३ वर्षअघि रिलिज भएको ‘सिंघम’ मा अजय देवगन र काजल अग्रवाल बाहेक प्रकाश राड, सुधांशु पाण्डे, सोनाली कुलकर्णी, सचिन खेडकर, अशोक सराफ र मुरली शर्मा जस्ता स्टारहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए। ‘सिंघम’ मा प्रकाश राजले खलनायकको भूमिका निर्वाह गरेका थिए । ४० करोडको बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा १४१ करोड कमाएको थियो र ब्लकबस्टर भयो।

कप युनिभर्सको पाँचौं फिल्म ‘सिंघम अगेन’ लाई लिएर फ्यानमा निकै उत्साह छ । ट्रेलरपछि फ्यानले यो फिल्मको रिलिजको प्रतीक्षा गर्न सकेका छैनन् । अजय देवन बाहेक करिना कपुर, दीपिका पादुकोण, अर्जुन कपुर, रणवीर सिंह, टाइगर श्राफ र अक्षय कुमार ‘सिंघम अगेन’ मा देखिनेछन् । यो फिल्म नोभेम्बर १ मा हलमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?