काठमाडौँ– पछिल्लो एक सातामा काठमाडौँबाट १३ लाख मानिस बाहिरिएका छन् । विजया दशमीको अवसरमा दशैँ मनाउनको लागि सो मानिसहरु बाहिरिएका हुन् ।
सो संख्या गत वर्षको तुलनामा पाँच लाखले कम हो । गत वर्ष दशैँको अवसरमा काठमाडौँ उपत्यकाबाट १८ लाखभन्दा बढी मानिसहरु बाहिरिएका थिए ।
शुक्रबारसम्म १३ लाख मात्रै बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । बाढी पहिरो तथा सडक अवरुद्धका कारण सोचेभन्दा कम मानिसहरु बाहिरिएको महासंघले जनाएको छ ।
यो वर्र्ष पनि महासंघले १५ देखि १८ लाख मानिस बाहिरिने अपेक्षा गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया