मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मानव शरीरका लागी दिनमा कति चम्चा तेल आवश्यक हुन्छ ?

काठमाडौँ– हामी स्वस्थ रहन चिल्लो पदार्थको सेवन एकदमै कम मात्रामा गर्नुपर्छ । जंक फूडमा तेलको मात्रा बढी हुन्छ, जसका कारण यी खानेकुरा खाँदा धेरै रोग लाग्ने खतरा बढ्छ । तर, नेपाली भान्सामा धेरैजसो खानेकुरा पकाउँदा तेल वा घ्यूकै प्रयोग गरिन्छ । त्यसैले पनि हामी तेलबाट पूर्णतया बच्न सक्दैनौं ।

धेरैको भान्सामा बढी मात्रामा चिल्लो राखेर खाना बनाउने गरिन्छ । जुन अस्वस्थकर हुन्छ । हामीले आफ्नो आहारमा धेरै तेल प्रयोग गर्न नहुने पोषणविदहरूको सुझाव छ ।

तेलमा धेरै प्रकारका फ्याट हुन्छन् । तेलमा पाइने स्याचुरेट र ट्रान्स फ्याटले कोलेस्ट्रोलको स्तर बढाउन सक्छ । यही कारणले गर्दा दिनमा ४ वा ५ चम्चाभन्दा धेरै तेल खपत गर्न नहुने विज्ञहरूको भनाइ छ । स्वास्थ्यलाई कुनै हानी नहोस् भनेर हामीले खाना पकाउन राम्रो गुणस्तरको तेल रोज्नुपर्छ ।

आहारविदहरूका अनुसार तेल हाम्रो स्वास्थ्यका लागि आवश्यक पनि छ । यसमा फ्याट हुन्छ । यसले शरीरलाई ऊर्जा प्रदान गर्छ, तर धेरै मात्रामा तेलको सेवनले हृदय रोगको जोखिम बढाउन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यदि कुनै व्यक्तिले २ हजार क्यालोरीको आहार लिइरहेको छ भने लगभग ४०० देखि ७०० क्यालोरी बोसोबाट प्राप्त हुनुपर्छ ।

यो ४४ देखि ७८ ग्राम बोसो बराबर हुन्छ । तर, तेलबाहेक पनि अधिकांश खानेकुरामा बोसो हुन्छ, जसका कारण चिल्लोको सेवनलाई नियन्त्रण गर्नुपर्छ ।

महिला र पुरुष दुवैले बराबर मात्रामा बोसोको सेवन गर्नुपर्छ । स्वस्थ रहन मानिसले स्याचुरेटेड फ्याटको सट्टा अनस्याचुरेटेड फ्याटको सेवन गर्नु पर्छ भनेर डब्लुएचओले सुझाव दिएको छ ।

माछाको तेल, नटको तेल र बियाँको तेलमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ, जुन शरीरका लागि निकै फाइदाजनक मानिन्छ ।
अन्य कयौं वनस्पति तेलहरूमा पनि स्वस्थ बोसो राम्रो मात्रामा पाइन्छ । आफूलाई हृदय सम्बन्धी समस्याहरू नहोस् भन्ने चाहने हो भने हामीले खाना पकाउन राम्रो खालको तेल छनौट गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?