काठमाडौँ– नेपालमा पनि थाइराइडका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ । खासगरी महिलामा यो समस्या हुने गरेको पाइए पनि पुरुष पनि थाइराइडबाट ग्रसित छन् ।
थाइराइड कुनै पनि उमेर समूहका व्यक्तिलाई हुनसक्छ । यो रोग लागेमा शरीरलाई धेरै प्रकारका स्वास्थ्य समस्याको सामना गर्नुपर्छ । यो रोग विशेष गरी अस्वस्थ जीवनशैलीका कारण हुन्छ । त्यसैले यसमा औषधिहरूको साथै पौष्टिक खानपान र स्वस्थ जीवनशैली अपनाउन आवश्यक छ ।
यसकारण आज हामी थाइराईडका बिरामीहरुले कस्तो खाना खाने भन्ने विषयमा जानकारी गराउछौँ ।
फर्सीको बीज
दैनिक फर्सीको बीज सेवनले थाइराइडलाई नियन्त्रणमा राख्न मद्दत गर्न सक्छ । किनकि फर्सीको बीजमा जिंक पाइन्छ । जसले थाइराइड हर्मोनको उत्पादनमा सहयोग गर्छ ।
अमला
भिटामिन–सीले भरपुर अमलाको सेवन थाइराइडमा धेरै नै फाइदाजनक साबित हुन्छ । यसका लागि बिहानको समयमा अमलाको पाउडरलाई महसँग खानुहोस् वा अमलाको जुसलाई मनतातो पानीसँग सेवन गर्नुहोस् ।
स्याउ
पेक्टिन र फाइबरले भरपुर स्याउको नियमित सेवनले शरीरलाई राम्रोसँग डिटक्स गर्न मद्दत गर्छ, जसले थाइराइडलाई नियन्त्रणमा राख्न मद्दत गर्न सक्छ ।
नरिवल
काँचो नरिवलको सेवन थाइराइडको समस्यालाई कम गर्न सहयोगी हुन सक्छ । यसका लागि तपाईंले नरिवललाई कुनै पनि रूपमा आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ । नरिवलको सेवनले मेटाबोलिज्मलाई सही राख्छ, जसले शरीरलाई स्वस्थ राख्छ ।
अण्डा
दैनिक अण्डाको सेवन धेरै नै लाभदायक हुन्छ । अण्डामा ट्रिप्टोफ्यान र टायरोसिन नामक तत्व पाइन्छ । जसले मुटुको स्वास्थ्यलाई राम्रो बनाउँछ र क्यान्सरको जोखिमलाई कम गर्छ । यसमा रहेको प्रोटिन, ओमेगा थ्री फ्याटी एसिड, सेलेनियम, एन्टी–अक्सिडेन्ट र आयोडिन जस्ता पोषक तत्त्व सम्पूर्ण स्वास्थ्यका लागि फाइदाजनक छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया