मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काँक्राको जुस बनाएर पिउनुहोस् , मिल्छन् यस्ता स्वास्थ्यलाभ

काठमाडौँ– काँक्रो सबैलाई मन पर्छ । यसलाई सलाद, अचार बनाएर खाने गरिन्छ भने काँचै पनि खान सकिन्छ ।

अचार र सलादको रुपमा धेरैले सेवन गरेता पनि काँक्रोको जुस बनाएर खाने प्रचलन कम नै छ । तर यसरी काँक्रोको जुस बनाएर सेवन गर्दा विभिन्न स्वास्थ्यलाभहरु मिल्ने चिकित्सकहरू बताउँछन् ।

आज हामी यसै विषयमा तपाईँलाई जानकारी दिँदैछौँ ।

काँक्रोको जुस पिउँदा ब्लडप्रेसर कन्ट्रोल मात्र हुँदैन । बरु मानिसको शरीरमा भएको विकारलाई पनि बाहिर निकाल्ने काम गर्छ । काँक्रो एउटा यस्तो फल हो, जसमा ९० प्रतिशत पानी हुन्छ त्यसैले गर्मीमा यसको सेवनले शरीरलाई धेरै किसिमका फाइदा पुग्छ ।

गर्मीमा काँक्रो खाँदा तिर्खा लाग्ने समस्यबाट छुटकारा पाउन सकिन्छ र पेटमा शीतलता प्रदान गर्छ । काँक्रामा भिटामिन, मिनरल्स र एन्टीअक्सिडेन्ट्स पाइन्छ । जसले कैयौं रोगहरुबाट रक्षा गर्ने काम गर्छ ।

साथै काँक्रामा क्याल्सियम, नेट्रियम, पोटासियम, कार्बोहाइड्रेट, फ्याट, फाइबर, ग्लूकोज, प्रोटीन, भिटामिन ए, भिटामिन बी ६, भिटामिन सी र भिटामिन डी पनि भरपूर मात्रामा हुन्छ ।

काँक्राको जुस सेवन गर्नु उच्च रक्तचापका विरामीको लागि एकदमै लाभदायक हुन्छ । यसको जुस नियमित सेवन गर्दा मुटु सम्बन्धी रोग र किड्नी सम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।

ब्लड प्रेसरमा पोटाशियम भएको आहारको सेवन एकदमै फाइदाजनक हुन्छ । पोटासियमले ब्लड प्रेसरलाई रेगुलेट गर्छ त्यसैले हाइपरटेन्सनका बिरामीले यसको नियमित सेवन गर्नुपर्छ । एउटा ठूलो काँक्रामा लगभग ४४२ मिलीग्राम पोटासियम पाइन्छ ।

आम रूपमा हामीलाई एक दिनमा ४७०० मिलीग्राम पोटाशियमको आवश्यकता पर्दछ । सोडियमलाई ब्लड प्रेसरको दुश्मन मानिन्छ । काँक्रामा सोडियम एकदमै कम हुन्छ त्यसैले ब्लड प्रेसरका बिरामीले काँक्रोको सेवन गर्दा कुनै असर गर्दैन । यसैगरी काँक्राको जुस बनाएर खाँदा मधुमेहका लागि निकै फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?