मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन हुन्छ छिटो छिटोपिसाब लाग्ने समस्या ? यस्ता छन् घरेलु समाधान

काठमाडौँ– दिनमा ५ देखि ७ पटकसम्म पिसाब लाग्नु सामान्य मानिन्छ । तर, कतिपय व्यक्तिहरुलाई यो भन्दा पनि धेरै पटक छिटो छिटो पिसाब लाग्ने समस्या हुन्छ । त्यस्तो समस्या भएका व्यक्तिहरूलाई बसमा यात्रा गर्दा, घरबाहिर कतै जाँदा समस्या पर्छ । हामी शरीरका स–साना समस्यालाई बेवास्ता गर्छौ । यदि दिनमा १०–१५ पटक पिसाब लाग्यो भने भने खतरनाक पनि हुन सक्ने युरोलोजिस्ट बताउँछन् ।

छिटोछिटो पिसाब आउनु भनेको मधुमेहको लक्षण हुन सक्छ । यसका साथसाथै केही घरेलु उपाय अपनाइयो भने भने पनि समस्याबाट मुक्त हुन सकिन्छ ।

अब जानौँ, तारन्तार पिसाब लाग्ने समस्या भएमा कसरी समाधान गर्ने?

अनारको बोक्रालाई पिँधेर पानी मिसाएर पेस्ट बनाउने र त्यसालई पिउने गर्दा केही हदसम्म यो समस्याबाट मुक्त हुन सकिन्छ । त्यस्तै मेथीको धूलोमा सुक्खा अदुवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउँदा पनि लाभ मिल्छ ।

त्यस्तै कैलो तिलको दानासँग सक्खर वा ज्वानो खाँदा पनि पिसाबको समस्याबाट मुक्ति पाइन्छ । सम्भव भएसम्म एक चम्चा महमा तीन/चारवटा तुलसीका पात मिसाएर खाली पेटमा खाने गर्नुपर्छ । यसले पनि केही हदसम्म समस्याबाट छुटकारा पाइन्छ । साथै दहीको सेवन गर्दा पनि राहत मिल्छ । दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु बढ्न दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?