मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मुम्बईमा उद्योगपति रतन टाटालाई श्रद्धाञ्जलि दिनेको भीड

काठमाडौँ- भारतको आर्थिक राजधानी मुम्बईमा उद्योगपति रतन टाटाको अन्त्येष्टिका लागि बिहीबार शोक मनाउनेहरुको भीड जम्मा भएको छ । बुधबार ८६ वर्षको उमेरमा निधन भएका टाटाले टाटा समूहलाई सफ्टवेयरदेखि स्पोर्ट्स कारसम्मका ‘पोर्टफोलियो’सहितको विशाल अन्तर्राष्ट्रिय उद्यममा रूपान्तरण गरेका थिए ।

मुम्बईले उनको निधनमा एक दिन शोक मनाउने घोषणा गरेको छ । टाटाको पर्थिव शरीरलाई बिहीबार दिउँसो अन्त्येष्टि गरिने छ। भारतको राष्ट्रिय दैनिक ‘द हिन्दू’ पत्रिकाले आफ्नो पहिलो पृष्ठमा उनलाई ‘भारतीय उद्योगको एक टाइटन’ को संज्ञा दिँदै निधनको खबर छापेको छ । हिन्दुस्तान टाइम्सले उनको निधनबाट ‘भारतले आफ्नो मुकुटको गहना गुमाएको’ उल्लेख गरेको छ ।

एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले यो टाटा समूहका लागि मात्र नभई हरेक भारतीयका लागि ठूलो क्षति भएको बताएका छन् । टाटाको जन्म सन् १९३७ मा मुम्बईमा पारसी परिवारमा भएको थियो, जुन एक गौरवशाली तर घट्दो समुदाय हो जसले बेलायती शासनअन्तर्गत शहरको व्यापारिक मामिलामा ठूलो भूमिका खेलेको थियो ।

उनले न्युयोर्कको कर्नेल युनिभर्सिटीबाट स्नातक गरेपछि आर्किटेक्टको रूपमा आफ्नो जीवनलाई भारतप्रति समपर्ण गरेका थिए । पढाइ सकेलगत्तै उनी स्वदेश फर्की स्वदेशी उद्योगको श्रीवृद्धिका लागि योगदान गरेका थिए । टाटाकी हजुरआमाको आग्रहपछि उनी सन् १९६२ मा भारत फर्केर विशाल पारिवारिक व्यवसायमा सामेल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?