मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

दशैँको विदामा हेर्नुहोस् उत्कृष्ट दश हलिउड फिल्म

काठमाडौँ– बडा दशैँको विदामा रमाइलो त एकातिर छँदैछ । धेरैका लागि यो फिल्म हेर्ने र पुस्तक पढ्ने समय पनि हो । दशैँमा परिवार, आफन्त र साथीभाइसँग भेटघाट गरी रमाइलो गर्ने, मिठोमसिनो खाने, राम्रो लुगा लगाउने त भइहाल्छ । यति हुँदाहुँदै पनि फुर्सदिलो भइन्छ ।

अथवा साथीभाइसँग हुँदा पनि कुनै रमाइलोका लागि कुनै फिल्म हेरौँ न त भन्ने पनि हुन्छ । हुन त फिल्म हेर्नका लागि दशैँ कुरिरहनु पर्दैन । तर दशैँको समय सदुपयोग गर्न पनि फिल्म हेर्न सकिन्छ ।

आज हामीले दशैँमा हेर्न लायक हलिउडका दश उत्कृष्ट फिल्मका बारेमा जानकारी  दिन गइरहेका छौँ । यी हुन् दशैँमा हेर्न सकिने हलिउडका १० फिल्म ।

ससांक रिडेम्पसन

सन् १९९४ मा रिलिज भएको यो फिल्म सन् १९८२ मा स्टेफन किङको उपन्यासमा आधारित छ । फिल्ममा आफ्नी श्रीमतीको हत्याको अभियोगमा जेल परेका एक व्यक्तिको कथा देखाइएको छ । फ्राङ्क डाराबोन्टले निर्देशन गरेको फिल्ममा टिम रोबिन्स, मोर्गन फ्रिम्यान, बब गनटनजस्ता कलाकारको अभियन रहेको छ ।

गड फादर फिल्म सिरिज

सन् १९७२ मा पहिलो पटक रिलिज भएको ‘द गडफादर’ फिल्म सिरिजमा तीन वटा फिल्म समावेश छन् । यो सिरिज सन् १९६९ मा सार्वजनिक भएको मारियो पुजोको उपन्यासमा आधारित छ ।

यसमा इटालियन मूलका अमेरिकी माफिया परिवारको कथा समेटिएको छ । फ्रान्सिस फोर्ड कोपोलाले निर्देशन गरेको फिल्ममा मार्लोन ब्राण्डो, अल पनाचियो, जेम्स कानजस्ता कलाकारको अभिनय छ ।

पल्प फिक्सन

पल्प फिक्सन सन् १९९४ मा रिलिज भएको क्राइम जनराको फिल्म हो । फिल्ममा क्यालिफोर्नियाको लस एन्जल्समा अपराध र हिंसाका घटना समावेश छन् । यो फिल्मको निर्देशन क्विन्टन टरान्टिनोले गरेका हुन् ।

फिल्ममा जोन ट्राभोल्टा, स्यामुअल एल ज्याक्सन, उमा थुरमानजस्ता कलाकारको अभिनय छ । यो फिल्मलाई क्विन्टन टरान्टिनोको ‘मास्टरपिस’ मानिन्छ ।

फोरेस्ट गम्प

फोरेस्ट गम्प सन् १९९४ मा रिलिज भएको फिल्म हो । यो फिल्म विन्स्टन ग्रुमको उपन्यासमा आधारित छ । फिल्ममा फोरेस्ट गम्प नाम गरेका अमेरिकी नागरिकको जीवन भोगाइलाई रोचक रुपमा प्रस्तुत गरिएको छ । रोबर्ट जेमेकिसले निर्देशन गरेको फिल्ममा टम ह्याङ्क्स, रोबिन राइट, गेरी सिनिसेजस्ता कलाकारको अभिनय रहेको छ ।

सेभेन

सेभेन सन् १९९५ मा रिलिज भएको फिल्म हो । क्राइम थ्रिलर जनराको यो फिल्ममा मनोवैज्ञानिक रुपमा विकृत सिरियल किलरको कथा देखाइएको छ । डेभिड फिन्चरले निर्देशन गरेको यो फिल्ममा ब्राड पिट, मोर्गन फ्रिम्यान, ग्वेन्थ पाल्ट्रोजस्ता कलाकारको अभिनय छ । ३ करोड ४० लाख डलरमा निर्मित यो फिल्मले बक्स अफिसमा ३२ करोड डलर कमाइ गरेको थियो ।

गुडफेल्लाज

सन् १९९० मा रिलिज भएको गुडफेल्लाज ग्याङस्टर जनराको फिल्म हो । फिल्म निकोलस पिलेजीको ‘वाइजगाई’ नामक कृतिमा आधारित छ । फिल्ममा माफियाको आपराधिक कथा समावेश छ । मार्टिन स्कोरासीले निर्देशन गरेको फिल्ममा रोबर्ट डेनिरो, रे लियोटा, जो पेसीजस्ता कलाकारको अभिनय छ ।

ग्लाडिएटर

सन् २००० मा रिलिज भएको ग्लाडिएटर ऐतिहासिक कथावस्तुमा आधारित छ । फिल्ममा रोमन साम्राज्यको कथावस्तु समेटिएको छ । फिल्मको निर्देशन रिडली स्कटले गरेका हुन् । यो फिल्ममा रसेल क्रोवी, ह्वाकिन फिनिक्स, कोनी निल्सनजस्ता कलाकारले अभिनय गरेका छन् ।

मोर्डन टाइम्स

चार्ली चाप्लिनका उत्कृष्ट फिल्ममध्ये एक ‘मोर्डन टाइम्स’ साइलेन्ट कमेडी फिल्म हो । यो फिल्म सन् १९३६ मा रिलिज भएको थियो । फिल्ममा औद्योगिक क्षेत्रमा काम गर्ने गरिब मान्छेको कथावस्तु समेटिएको छ । फिल्ममा चाप्लिनको प्रमुख भूमिका रहेको छ । फिल्मको लेखन, निर्देशन पनि च्यापलिनले नै गरेका हुन् ।

फाइट क्लब

एक्सन थ्रीलर जनराको फाइट क्लब सन् १९९९ मा रिलिज भएको फिल्म हो । यो फिल्म चक पालानियुकको फाइट क्लब नामक कृतिमा आधारित छ । फिल्ममा राति निद्रा नपर्ने एक जना असन्तुष्ट कर्मचारीको कथावस्तु समेटिएको छ । डेभिड फिन्चरले निर्देशन गरेको फिल्ममा ब्राड पिट, एडवार्ड नोर्टन, हेलेना बोनहाम कार्टर मिट लोफजस्ता कलाकारको अभियन रहेको छ ।

ब्याक टू द फ्युचर

ब्याक टू द फ्युचर सन् १९८५ मा रिलिज भएको फिल्म हो । साइन्स फिक्सन जनराको यो फिल्ममा टाइम ट्राभल देखाइएको छ । रोबर्ट जेमेकिसले निर्देशन गरेको फिल्ममा माइकल जे फक्स, क्रिस्टोफर लोयड, ली थोम्पसनजस्ता कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?