मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दर्शकले अत्यधिक अनलाइन टिकट किन्दा क्यूएफएक्सको साइट डाउन

काठमाडौँ– बडा दशैँको अवसरमा आज फूलपातीदेखि रिलिज भएका फिल्मको क्रेजका कारण क्यूएफएक्स सिनेमाको वेबसाइटमा समस्या आएको छ । क्यूएफएक्सले सामाजिक सञ्जालमार्फत अत्यधिक चापका कारण साइट नखुलेको जनाएको हो ।

आजदेखि नेपाली फिल्म ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ एकसाथ प्रदर्शनमा आएका छन् । यी तीनै फिल्मको क्रेज एकाएक बढेपछि हलमा फिल्म हेर्ने दर्शकको चाप पनि अत्यधिक बढेको हो ।

क्यूएफएक्सले जनाए अनुसार टिकट किन्ने दर्शकको चाप बढ्दा साइट डाउन भएको हो भने यसलाई सुधार्ने प्रयास गरिएको छ ।

आजदेखि प्रदर्शनमा आएका तीनै फिल्मले राम्रो प्रदर्शन गरिरहेका छन् भने तुलनात्मक रुपमा विराज भट्टको ‘१२ गाउँ’ र दीपकराज गिरीको ‘छक्का पञ्जा ५’ बीच प्रतिस्पर्धा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?