मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

म्याग्दीको बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना

काठमाडौँ- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्द्र स्थापना गरेको हो । सहकारीका कोषाध्यक्ष युवराज बरुवालले करिब रु सात लाखको लगानीमा डिपफ्रिज, चिलिङ र मिल्क एनालाइजर मेसिन खरिद गरी सङ्कलन केन्द्र सञ्चालन गरेको जानकारी दिए ।

“हिमालयन चिज उद्योग कोरोना महामारीका कारण बन्द भएपछि घाराका किसानले उत्पादन गरेको दूधले बजार पाउन सकेको थिएन,” उनले भने “गाउँका किसानबाट दूध सङ्कलन गरेर पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङ, दाना, घोडेपानीमा लगेर बेच्ने व्यवस्था मिलाएका छौँ ।” पैँतीस किसानले दैनिक एक सय ४० लिटरका दरले सङ्कलन केन्द्रमा दूध ल्याउने गरेका छन् ।

व्यावसायिक रुपमा गाईभैँसीपालन गरेका किसानको समयको बचत र बजारको सुनिश्चित भएको छ । बजारमा बिक्री नभएको दूध प्रशोधन गरेर चिज उत्पादन गर्ने तयारी गरेको सहकारीका अध्यक्ष बिमल बरुवालले बताए । “बचत तथा ऋणको मात्र कारोबार गर्दै आएकामा अब दूध सङ्कलन र बिक्री वितरण गर्न थालेका छौँ,” उनले भने ।

विसं २०६६ मा स्थापना भएको सहकारी नियमित रुपमा सञ्चालनमा छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले दूध, तरकारी, फलफुल, आलु दूवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?