मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईँलाई थाहा छ रोबोटले पहिलोपटक मानिसको ज्यान कहिले लिएको थियो ?

काठमाडौँ- ‘मानवले राज गरेको यो दुनियाँमा जुनसुकै समयमा पनि आर्टिफिसियल इन्टलिजेन्स र रोबोटको कब्जा हुन सक्छ,’ यो भनाइमा आधारित रहेर कैयन् फिल्म र उपन्यासहरू लेखिएका छन् ।

वैज्ञानिकहरूले पनि रोबोट र मानिसबीचको सङ्घर्षको भविष्यवाणी गरेका छन् । तर पनि रोबोट र आर्टिफिसिएल इन्टिलिजेन्स (एआई) को विकासक्रम रोकिएको छैन ।

रोबोटले नोकर, मालिस गर्ने यहाँसम्म कि हरेक भूमिका निभाउँदै आएको पाइन्छ । अझ कतिपय विकसित देशमा त मानिसको जागीर नै रोबोटले खोसेको छ । तर, के रोबोटले कहिले मानिसलाई हमाला गरेको छ? यदि छ भने कहिले?

एक रिपोर्टका अनुसार रोबोटले एक पटक मानिसलाई हमाला गरेको छ  ।

रोबोटले सन् १९७९ मा पहिलोपटक कुनै व्यक्तिलाई हमाला गरेको थियो । रोबोटले ज्यान लिएका व्यक्तिको नाम विलियम्स थियो । यो घटनामा अमेरिकामा भएको थियो । २५ वर्षीय रोबोट मेसिगनको मोटर कम्पनीमा काम गरिरहेका थिए ।

कानुनी कागजातका अनुसार घटनाको दिन काम गरिरहेका थिए । जहाँ फ्याक्ट्रीका विभिन्न पार्टस् र अन्य सामान एक ठाउँबाट अर्को ठाउँमा लिने गरिन्थ्यो । उनी मेसिनमा भएको खराबी परिक्षण गर्नको लागि माथि चढेका थिए । सोही बेला रोबोटले पछाडिबाट उनलाई प्रहार गरेर कुल्चेको थियो ।

सन् १९९३ मा मेसिन निर्माता लिटन इन्डस्ट्रिजमा यस्तो भयानाक घटना भएको थियो । रोबोटको हात एकदम बलले चले पनि सुरक्षाका लागि कुनै पनि उपकरणको प्रयोग गरिएको थिएन । ज्यान गएपछि विलियम्सलाई रकम पनि दिइएको थियो ।

त्यसपछि जापानमा पनि यस्तै घटना घटेको थियो । जब आकाशमा कावासाकी हेवी इन्डस्ट्रिज प्लान्टमा ३७ वर्षीय कर्मचारी केँजी उराडाको उपकरणका कारण ज्यान गएको थिए । उनी एक खराब रोबोटको निरीक्षण गर्दै थिए ।

पछिल्लो वर्ष पनि दक्षिण कोरियामा एक रोबोटका कारण एक जनाको ज्यान गएको थियो । त्यतिबेला मेसिनले उनको अनुहार र छातीमा कुल्चेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?