काठमाडौँ – पाकिस्तानविरुद्धको जारी पहिलो टेस्टमा इङल्याण्डका जो रुट र ह्यारी ब्रुकले कीर्तिमानी ब्याटिंग गरेका छन् ।
आफ्नो टेस्ट क्यारियरमा ३५औँ शतक बनाउदै जो रुटले यो समाचार तयार गरुन्जेल १६८ रन बनाएर खेलिरहेका छन् । उनी इङल्याण्डबाट सर्बाधिक टेस्ट शतक र टेस्ट रन बनाउने खेलाडी हुन् ।
त्यसैगरी उनी विश्व क्रिकेटमा धेरै शतक बनाउने सूचीमा समेत छैटौं स्थानमा उक्लिएका छन् । त्यस्तै इङल्याण्डका अर्का ब्याट्सम्यान ह्यारी ब्रुकले आक्रामक ब्याटिंग गर्दै आफ्नो छैटौं टेस्ट शतक बनाएका छन् । यो समाचार तयार गरुन्जेल ब्रुक १२८ रन बनाएर खेलिरहेका छन् ।
रुट र ब्रुकले अहिलेसम्म चौथो विकेटका लागि २२२ रनको साझेदारी गरेका छन् । यो समाचार तयार गरुन्जेल इङल्याण्डले यस टेस्टमा ३ विकेट गुमाएर ४७१ रन बनाएको छ र ८६ रनले पछाडी रहेको छ । यस अघि पाकिस्तानले आफ्नो पहिलो इनिंगमा ५५६ रन बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया