मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खलढुङ्गा जादै गरेको बस दोलखामा दुर्घटना, १५ यात्रु घाइते

काठमाडौं– काठमाडौंबाट ओखलढुङ्गा जादै गरेको यात्रु बाहक बस दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भइएका छन् ।

काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जरी सडकखण्डअन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना भएको हो ।

प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ । घाइतेको चरिकोटस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?