दैलेख – चामुण्डाविन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा यात्रु बोकेको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–१ का २२ वर्षीय प्रकाश बुढा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उकालोमा टायर चिप्लिँदा गाडी भित्तामा ठोक्किँदा घाइते भएका बुढालाई थप उपचारका लागि दुल्लु अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डा–२ चाल्ले चौतारातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख ०९०६ नम्बरको गाडी आज दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए । गाडीमा २३ जना सवार रहेकामा अन्य सबै सकुशल रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया