मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बडा दशैँ

दशैँमा कस्तो मासु खाने, कति खाने ?

अहिले गाउँदेखि शहरसम्म दशैँले छपक्कै छोपेको छ । दशैँ भन्नासाथ हामी नयाँ लुगा, मासु, मीठामीठा परिकार, पिङ खेल्ने, साथीभाइ, इस्टमित्र भेटघाट सम्झन्छौँ । दशैँमा घरघरमा खसी, बोका, च्याङ्ग्रा, राँगा, सुँगुरको मासु खाने चलन छ ।

दशैँमा अरु बेलाभन्दा धेरै नै मासु खाइन्छ । पौष्टिक रुपमा माछामासु पोसिलो आहार हो । तर आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने चिकित्सकहरू बताउँछन् ।

एक स्वस्थ व्यक्तिले कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पुर्‍याउनुपर्ने चिकितत्सकको सुझाव छ । लगातार धेरै मासुको सेवन गर्नु स्वास्थकर नहुने पोषणविद्हरु बताउँछन् । यसकारण दशैँमा मासु कति खाने, कसरी खाने, कस्तो विधिले पकाउने लगायतका सन्दर्भमा फिजिसियन डा. ध्रुव गैरेसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश:

मासुको सेवन मानव शरीरको लागि कति आवश्यक छ ?

मासु अर्थात् एनिमल प्रोटिन हामीलाई आवश्यक हुन्छ । एनिमल प्रोटिनलाई फर्स्ट क्लास प्रोटिन पनि भनिन्छ । यो मानव शरीरलाई चाहिने अत्यावश्यक न्युट्रिसनहरु मध्य कार्बोहाइड्रेटपछिको अर्को आवश्यक न्युट्रिसन हो । सन्तुलित आहाराको लागि एनिमल प्रोटिन चाहिन्छ । प्रोटिनको कुरा गर्नुपर्दा सामान्यतया ७०–८० केजिको मान्छेले दिनमा आधा पाउ मासु खाँदासम्म स्वस्थकर नै रहन्छ । यो भन्दा बढी मात्रामा मासुको सेवन गर्‍यो भने चाहीँ पचाउन समस्या हुन सक्छ । यो भन्दा बढी मासु खायो भने खराब फ्याटमा रुपान्तरित भएर बोसो लाग्छ । जसले धेरै प्रोटिन खान्छ उसले धेरै क्यालोरी खर्च गर्नुपर्छ ।

मासु कसरी पकाउँदा र खाँदा स्वस्थकर हुन्छ ?

मासु निरोगी खसी बोका, कुखुराको हुनुपर्छ । मासु पकाउँदा हामी धेरै मात्रामा तेल–मसलाको प्रयोग गर्छौं । स्वादको हिसाबले मीठो भएतापनि धेरै मरमसलाको प्रयोग गर्नु स्वस्थकर हुँदैन । दशैँमा हामी एकैपटक मासु पकाएर राख्ने गर्छौँ, जुन गलत हो । यसकारण बिहान पकाएको मासु बिहानै र बेलुका पकाएको मासु बेलुकै खानुपर्छ । डिप फ्रिजमा फ्रोजन गरेर राखेको पकाएको मासु अर्कोपटक तताएर नखानै नै सुझाव दिन्छु । यसरी तताएर पुनः पकाएर खाँदा मासुमा रहेको प्राटिन मेल्ट भएर टक्सिन बन्छ र झाडापखला, बान्ता हुने गर्छ । विभिन्न मसला, अजिनामोटो र फुड कलरको प्रयोग गर्नु हुँदैन ।

रातो मासु र सेतो मासुमा कुन स्वस्थर भन्ने बहस पनि चलिरहन्छ । वास्तवमा कुन मासु स्वस्थकर हुन्छ ?

रातो मासु भनेको ठूला जनावरहरु खसी–बोका राँगा, सुँगुर आदि प्राप्त हुने प्रोटिन मासु हो । सेतो मासु भन्नाले कुखुरा, हाँस, विभिन्न चराचुरुङ्गीको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुका साथै रातो मासुको दाँजोमा चिल्लो पदार्थ कम हुन्छ ।

रातो मासुभन्दा सेतो मासु अर्थात् कुखुरा, हाँस, माछाको सेवन स्वस्थकर हुन्छ । रातो मासु प्रोटिनको स्रोत भए पनि स्वास्थ्यका दृष्टिले त्यति उपयुक्त नभएको हुँदा कहिलेकाहीँ थोरै परिमाणमा मात्र खानु राम्रो हुन्छ ।

मासुमा कस्ता पोषक तत्वहरु पाइन्छन् ?

मासु पोसिलो खाना हो । तर धेरै खानाले यसले हाम्रो शरीरलाई हानी पुर्‍याउँछ र नकारात्मक असर पनि पर्छ । त्यसैले मासु खाँदा विशेष ध्यान दिनुपर्छ । मासुबाट पूर्ण पोटिन प्राप्त गर्न सकिन्छ, जुन शारीरिक विकासका निमित्त अति नै आवश्यक हुन्छ ।

प्रोटिन बन्नका लागि चाहिने ‘अमिनो एसिड’ मासुमा पूर्ण रुपमा पाइन्छ । मानव शरीरभित्र बन्न नसक्ने तर खानाबाट प्राप्त गर्नुपर्ने १० वटा ‘अमिनो एसिड’ हुन्छन्, त्यो मासुबाट वा जनावर स्रोतबाट पूर्ण रुपमा प्राप्त गर्न सकिन्छ ।

हामीले दैनिक कति मात्रामा मासुको सेवन गर्नुपर्छ ?

हाम्रो तौल अनुसार मासु कति सेवन गर्ने भन्ने कुरा निर्धारण हुन्छ । सरदरमा भन्नुपर्दा १ केजी तौल बराबर सय ग्राम मासु सेवन गर्न सकिन्छ । यदि कसैले धेरै क्यालोरी खपत गर्नुहुन्छ र शारीरिक रूपमा पनि कडा मेहनतका काम गर्नुहुन्छ भने यो भन्दा बढी मात्रामा मासुको सेवन गर्दा पनि पचाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?