मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कलामा काठमाडौंको सम्झना (फोटोफिचर)

काठमाडौँ– कलाकार युवक तुलाधरले आफू जन्मे हुर्केको काठमाडौँ शहर र यससँग जोडिएको बाल्यकालीन स्मरणहरुलाई कलामा उतारेका छन् ।

उनको बाल्यकाल र काठमाडौंसँग जोडिएको जीवन्त संस्कृति र समृद्ध सम्पदाहरु चित्रण गरिएको कलाकृतिहरु यतिबेला लाजिम्पाटस्थित ताक्पा आर्ट ग्यालरीमा प्रदर्शनरत छन् ।

जन्मेर बाल्यकाल काठमाडौंमै बिताएपनि उनी चार दशक जन्मभूमिबाट टाढा छन् । हाल अमेरिकामा कला प्रदर्शनीकै लागि आएका स्वदेश आएका उनले कलाकृतिहरुमा आफ्नो देश र यसप्रतिको प्रेमलाई दर्शाएका छन् । प्रदर्शनरत कलाकृतिहरुमा उनले काठमाडौंसँगको उनको गहिरो सम्बन्धलाई देखाउने जमर्को गरेका छन् ।

विशेष गरी सन् १९७० को दशकका दृश्य, परिवेश, मानवीय जीवन र तिनका लयहरुमा आफ्नो अनुभूतिहरु मिसाएर उनले कलाको स्वरुपमा उतारेका छन् । उनको बाल्यकालीन स्मरणमा कैद भएका काठमाडौंका सडक, मोमो, सेल रोटी र जिलेबी जस्ता परम्परागत खानाहरूको स्मरणलाई उनले कलामा कैद गर्ने जमर्को गरेका छन् ।

यसका साथै उनले आफ्नी हजुरआमासँग बिताएका पलहरू, परम्परागत नेवारी विवाह, रीतिरिवाज र संस्कृतिहरुलाई समेत खोतलेका छन् । काठमाडौंका भीड होस् या यहाँका मोटर, यसले उडाउने धुवाँ यी सबै चीजहरु उनका लागि प्रिय छन् ।

तिनै यादका कोलाज र कथाहरुलाई नै उनले आफ्ना अनुभूतिहरुमा मिसाएर कला सिर्जना गरेका छन् ।
उनको एकल कला प्रदर्शनी कार्तिक १३ गतेसम्म जारी रहनेछ ।

कलाकृतिहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?