मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भक्तपुरमा बुधबार नै फूलपाती मनाउँदै

भक्तपुर– भक्तपुरका नेवार समुदायले बुधबार नै फूलपाती मनाउने भएको छ । पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार क्यालेण्डरमा बिहीबार मात्रै फूलपाती भए पनि भक्तपुरमा बुधबार नै मनाउन लागेको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको मोहनी नःखा विजया दशमी २०८१ मनाउने विषयमा भक्तपुर तलेजुका मूल पूजारी, आचाजु, जोशीलगायतसँग बसेको बैठकले बुधबार फूलपाती मनाउने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार बुधबार विहान ७ः३४ बजेदेखि सप्तमी तिथि लाग्ने हुंदा फुलपाती मनाउने, आश्विन २४ गते बिहीबार विहान ७ः२७ बजेदेखि अष्टमी तिथि लाग्ने हुंदा अष्टमी पूजा गरी कुलछि भोय् गर्ने, आश्विन २५ गते शुक्रबार विहान ६ः५२ बजेदेखि नवमी तिथि लाग्ने हुंदा महानवमी पूजा (स्याक्व् त्याक्व्), (ताःपूजा) गर्ने र आश्विन २६ गते शनिबार विजया दशमी पूजा गर्ने निर्णय गरेको छ ।

बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यहरु भक्तपुर नपाका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, ७ का वडाध्यक्ष उकेश कवां, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, प्रशासकीय अधिकृत दामोदर सुवाल, पुजारीहरू प्रजेश राज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्यलगायतको उपस्थिति रहेको थियो ।

सोही क्रममा भक्तपुर नगरपालिकाले स्थानीय पुजारीहरुको सल्लाहअनुसार असोज २३ गते फूलपाती मनाउने निर्णय भएको हुँदा उक्त दिन भक्तपुर नगरपालिका र अन्तर्गतका सबै कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?