काठमाडौँ– भारतीय गायक जुबिन नौटियाल नेपाल आउने भएका छन् । उनी आउँदो १४ डिसेम्बरमा हुने च्यारिटी कन्सर्ट गर्नको लागि नेपाल आउन लागेका हुन् ।
एन अटिजम केयर फाउन्डेसले सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो १४ डिसेम्बरमा च्यारिटी कन्सर्ट गर्ने जनाएको हो ।
भारतीय संगीत उद्योगमा नौटियाल आफ्नो मधुर आवाज र धेरै हिट गीतका लागि चिनिन्छन् । यस कार्यक्रमबाट प्राप्त सबै आम्दानी एनअटिजम केयर फाउन्डेसनको सहयोगको लागि जानेछ । यो संस्था जुबिन नौटियालसँगको साझेदारीमा नेपालमा सञ्चालित छ ।
एन अटिजम केयर फाउन्डेसनले आफ्नो स्थापनाको घोषणा पनि गरेको छ । पहिचान, हेरचाह, र व्यक्तिको शिक्षामा समर्पित गैर–नाफा संस्था नेपाली समाजका प्रतिष्ठित व्यक्तित्वद्वारा स्थापित, फाउन्डेसनले अटिजम भएका बालबालिका र उनीहरूको परिवारलाई व्यापक सहयोग प्रदान गर्ने लक्ष्य राखेको छ ।
एन। अटिजम केयर फाउन्डेसनको उद्देश्य व्यक्तिहरूको समावेशी समाज सिर्जना गर्नु हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया