मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतद्वारा आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौँ– भारत सरकारले बाढी पहिरोले प्रभावितका लागि आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ ।

भारत सरकारका तर्फबाट भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव नारायण सिंहले सोमवार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेका हुन्।

भारत सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीमा टार पोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको मानवीय सहायताको खेप भारतबाट नेपालगन्ज ल्याई पुर्‍याइएको हो । भारत सरकारले अन्य अत्यावश्यक सरसफाइ सामाग्री तथा औषधीका साथसाथै अन्य राहत सामाग्रीको पनि व्यवस्था गरिरहेको छ जुन छिट्टै उपलब्ध गराइने काठमाडौं स्थित भारतीय दूतावासले जनाएको छ ।

छिमेकी मुलुक होस् वा अन्य मुलुक सङ्कटको बेला भारत सदैव पहिलो रेस्पोन्डरको रूपमा रहेको छ । २०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो र बाह्य मुलुकमा अपरेसन मैत्री नामक सबैभन्दा ठुलो विपद् राहत अभियान सञ्चालन गरेको थियो । भारतले २०८० साल कार्तिकमा जाजरकोटमा भूकम्प गएपछि पनि राहत सामाग्री उपलब्ध गराई सहयोग गरेको थियो ।

हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशमा नेपाल सरकारलाई हर सम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको काठमाडौँ स्थित भारतीय दूतावासले जानकरी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?