मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘छक्का पञ्जा ५’ लाई सबैभन्दा धेरै शो, अरुले कति पाए ?

काठमाडौँ– आगामी फुलपातीदेखि प्रदर्शनमा आउने नेपाली फिल्ममध्ये ‘छक्का पञ्जा ५’ ले सबैभन्दा धेरे शो पाएको छ । बिहीबारदेखि फिल्म ‘१२ गाउँ’, ‘ज्याइँ साब’ र ‘छक्का पञ्जा ५’ एकैसाथ प्रदर्शनमा आउन लागेको छ ।

तीनै फिल्ममध्ये ‘छक्का पञ्जा ५’ ले सबैभन्दा धेरे शो पाएको हो । यो फिल्मलाई प्रदर्शनको पहिलो दिनका लागि ८८ शो दिएको छ। काठमाडौंमा ३१ र बाहिर ५७ शो पाएको हो। फिल्मलाई दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको हो ।

फिल्म ‘१२ गाउँ’ लाई क्युएफएक्सले ४४ शो दिएको छ। काठमाडौंमा १८ र बाहिर २६ शो पाएको हो। यो फिल्ममा अभिनेता विराज भट्ट र समीर भट्टको मुख्य भूमिका रहेको छ ।

यसैगरी फिल्म ‘ज्वाइँ साब’ ले ३८ शो पाएको छ। काठमाडौंमा १८ र बाहिर २० शो पाएको हो। यो फिल्ममा जितु नेपाल र नीति शाह अभिनय गरेका छन् ।मल्टिप्लेक्स चेन क्युएफएक्सले अग्रिम बुकिङ खुला गरेसँगै फिल्महरुले शो पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?