मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतको हरियाणामा काँग्रेसको शुरुवाती अग्रता, बिजेपी पछाडी

काठमाडौँ– भारतको हरियाणा राज्यको विधान सभामा भारतीय नेशनल काँग्रेसले शुरुवाती अग्रता लिएको छ । अक्टोबर ५ मा भएको विधान सभा निर्वाचनको आज मतगणना शुरु भएको छ ।

९० सिट रहेको हरियाणा विधान सभामा अहिलेसम्म प्राप्त प्रारम्भिक नतिजा अनुसार कांग्रेस ४८ सिटमा अगाडी देखिएको छ भने भारतीय जनता पार्टी १६ सिटमा अगाडी रहेको छ । त्यस्तै अन्य ४ सिटमा अगाडी रहेका छन् ।

यस अघि २०१९ मा हरियाणामा बिजेपीले ४० सिट जितेको थियो भने कांग्रेसले ३१, जननायक जनता पार्टीले १० तथा स्वतन्त्रले ७ सिट जितेका थिए ।

त्यस्तै जम्मु कश्मिरमा जेकेएनसीले २७ सिटमा अग्रता हासिल गरेको छ भने भारतीय जनता पार्टी १७ सिटमा अगाडी रहेको छ । त्यस्तै पिडिपी एक र अन्य ३ सिटमा अगाडी रहेका छन् ।

९० सिट रहेको जम्मु कश्मिर विधान सभाको सेप्टेम्बर १८ र अक्टोबर १ मा मतदान भएको थियो । जम्मु कश्मिरमा १० बर्षपछि विधान सभा निर्वाचन भएको हो ।
    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?