काठमाडौँ – नेप्सेमा आज ३७ अङ्कले बढेको छ । सोमबार नेप्से ३७.१३ अङ्कले बढेर २६९०.७२ विन्दुमा रोकिएको हो ।
आज ३०५ कम्पनिको कारोबार हुँदा एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज थ्री स्टार हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.९३ प्रतिशतले बढेको छ भने इस्टर्न हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी आज चन्द्रागिरी हिल्सको सबै भन्दा बढी २६ करोड २३ लाख १७ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ८ लाख ४१ हजार ९५७ कित्ता शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया