काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौँको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित १ सय २० परिवारलाई राहत वितरण गरेको छ ।
बाढी, डुबान तथा पहिरोका कारण प्रभावितहरूलाई संघको तर्फबाट दक्षिणकालीका ५० परिवार र इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीका ७० परिवारलाई खाद्य सामाग्री, लत्ताकपडा, कम्बल, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, हाइजिन किट लगायतका सामाग्रीहरू वितरण गरिएको हो । स्थानीय तहसँग समन्वय पश्चात् दुवै जिल्लाका अति प्रभावित स्थानमा राहत वितरण गरिएको हो ।
यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो । जसअनुसार आज पहिलो चरणमा दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा राहत वितरण गरिएको हो ।
यस्तै भोलि सोमबार काभ्रेको पनौती नगरपालिका र बुधबार ललितपूर ठोस्नेखोलामा राहत वितरण गर्ने तयारी पूरा भएको छ । संघले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्थानीय तहसँग समन्वय गरिरहेको छ । यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत संघले आर्थिक सहयोग गर्ने निर्णय भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया