मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रपति पौडेलले गरे दक्षिणकाली मन्दिरमा पूजा अर्चना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गरेका छन् ।

बडादसैँको अवसरमा सोमबार बिहान प्रथम महिला सबिता पौडेलसहित दक्षिणकाली मन्दिर पुगेर उनले पूजा गरेका हुन् ।

राष्ट्रपति पौडेल मन्दिर पुग्दा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए।

दक्षिणकाली मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?