मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दशैँमा घर जाँदै हुनुहुन्छ ? यी कुराहरूमा ध्यान दिनुहोस्

काठमाडौँ–  नेपालीहरूको महान् चाड बडादशैँको आगमनसँगै राजधानी शहर छाड्नेको चहलपहल बढेको छ ।

विभिन्न कामका लागि राजधानी बसे, आजबाट विद्यालयहरूमा बिदा सुरु हुने र पारिवारिक मिलनका लागि आफ्नो गाउँ फर्कनेको चहलपहल बढेको छ । 

लामो दुरीको यात्रामा होस् वा छोटो यात्रा गर्दा सामान्य सावधानी पनि नअपनाउँदा ज्यान जोखिममा पर्न सक्छ । विरामी परिन सक्छ यात्रा नै खल्लो हुन सक्छ । यसैले तपाईँको यात्रा सहज बनाउन यी कुराहरूमा सावधानी अपनाउनुस्: 


ध्यान पुर्‍याउनु पर्ने कुरा: 

– टिकट काउन्टरमा नै गएर काट्ने ।आफू चढ्ने बस तथा ड्राइभर र बस्ने सिटको राम्रो यकिन गर्ने । बिचौलियाबाट टिकट काट्दा समस्या हुनसक्छ । 

– आफ्नो लग्नुपर्ने सामान ब्याग तथा आवश्यक डकुमेन्ट ठिक भएको नभएको दोहोर्‍याएर यकिन गर्नुस् । 
– यात्रामा बान्ता आउने टाउको दुख्ने समस्या छ भने औषधि सेवा गर्ने ।त्यस्ता आवश्यक औषधि बोक्ने । आरामले सुत्ने । 

– बसको यात्रामा सवारीसाधनको झ्यालबाट टाउको ननिकाल्ने । यात्रुले टाउको वा हात निकाल्दा जोखिम बढी हुन्छ । 

– आफ्नो टिकट साथमा नै सुरक्षित राख्ने । मागेको बेला देखाउन र बसेको सिटबाट उठाउन खोजेमा देखाउनका लागि आफ्नो टिकट साथमा नै राख्नु पर्छ ।

– बस स्टेसनमा समयमा नै पुग्ने । समयको ख्याल गर्नुपर्छ ।

–  यात्रुले यात्रा गर्दा मापसे गर्नु हुँदैन । अरूलाई समेत असहज बनाउँछ । 

– खाना थोरै खाएर यात्रा गर्ने । जङ्क फुड प्रयोग नगर्ने । खाना पचेन भने पेट दुखेर यात्रा सुखद नहुन सक्छ। यात्रामा अरूले दिएको खानेकुरा नखाने । 

– जुन क्षेत्रमा यात्रा गर्दै हुनुहुन्छ, त्यहाँको मौसमको अवस्था, बाटोको अवस्था, त्यही अनुसार लुगा कपडा र जुत्ता अन्य विषय व्यवस्थापन गर्ने । 

– यात्राका क्रममा लाग्ने अनुमानित खर्चभन्दा केही बढी पैसा साथमा बोक्नुहोस् । रकम नगदमा नै बोक्नुहोस् र यसको सुरक्षामा ध्यान दिनुहोस् ।

– आफू बस्ने भरपर्दो होटेललाई सम्पर्क गर्नुहोस् । जानकारी दिनुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?