मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिन्धुली र रामेछाप जिल्ला जोड्ने बेलिब्रिज बनाउँदै नेपाली सेना

काठमाडौँ – नेपाली सेनाले सिन्धुली र रामेछाप जिल्ला जोड्ने बि.पी.राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोसी नदीमाथि बेलिबृज जडान कार्य सुरु गरेको छ ।

यही असोज १० र ११ गते भएको अविरल वर्षापछि सुनकोसीमा आएको बाढीले यो बेलिब्रिज बगाएको थियो ।

यो पुल बगाएपछि सिन्धुली र रामेछापको सडक सम्बन्ध टुटेको थियो । अस्थायी रूपमा वैकल्पिक मार्गबाट अहिले सडक सञ्चालन भएको भए पनि नेपाली सेनाले बेलिब्रिज जडान कार्य शुरु गरेकाले सिन्धुली र रामेछापको सडक सम्बन्ध पुर्ववतरुपमा छिट्टै फर्किने भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?