काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्याम ब्राइटनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा ब्राइटनले टोटनह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनको जितमा यान्कुबा मिनटेह, जर्जिन्हो रटर र डानी वेलब्याकले एक एक गोल गरेका थिए । त्यसैगरी टोटनह्यामका लागि ब्रेनान जोन्सन र जेम्स माडिसनले एक एक गोल गरेका थिए ।
ब्राइटनको यो यस सिजनमा तेस्रो जित हो । ७ खेलमा यो जितपछि १२ अङ्क भएको छ र लिगमा छैटौँ स्थानमा रहेको छ ।
त्यसैगरी टोटनह्यामको भने यो यस सिजनमा तेस्रो हार हो । टोटनह्यामको ७ खेलमा १० अङ्क रहेको छ र लिगमा नवौँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया