मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मनिष हेल्लोकको ‘जनयुद्ध’ नाटकको विमर्श

फुङ्लिङ ‘ताप्लेजुङ’ – ताप्लेजुङका युवा साहित्यकार मनिष हेल्लोकद्वारा लिखित ‘जनयुद्ध’ नाटकको विमर्श ‘चर्चा’ गरिएको छ ।

सदरमुकाम फुङ्लिङमा आज कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नाटकमार्फत दिन खोजेको सन्देशबारे स्वयम् लेखक हेल्लोकले प्रस्ट्याएका थिए ।

समीक्षक ताप्लेजुङका पूर्वसहायक प्रमुख जिल्ला अधिकारी एवम् साहित्यकार टङ्कबहादुर भट्टराईले नाटक विधा पुस्तकसँगै मञ्चन गरेमा नाटकले दिन खोजेको विषय वा सन्देश थप प्रष्ट हुने बताए ।

नाटक वा कुनै पनि विधामा कलम चलाउनु र पुस्तक प्रकाशन गर्नु सजिलो नभएको बताउँदै स्तरीय कृति लेखनतर्फ लेखकले ध्यान दिनुपर्ने उनले बताए।

विमर्श कार्यक्रममा साहित्यकार तथा प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराई ९अकिञ्चन० र नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष आनन्द गौतमले पनि पुस्तकमाथि चर्चा गरेका थिए ।

साहित्यकार हेल्लोकले जनयुद्धबाहेक तराई पहाड लिम्बुवान र सङ्घीय सहअस्तित्व नामक नाटक विधाका पुस्तक लेखन तथा प्रकाशन गरेका छन् ।

यस्तै सुन्दर समाजका सपनाहरु, चेलीका सुस्केराहरु, सुम्निमाको कारुणिक कथा नामक लघु उपन्यास खेलेका छन् । हेल्लोकका अन्य कथा, खण्डकाव्य, कविता लगायतका विधा गरी एक दर्जनको सङ्ख्यामा पुस्तकहरु प्रकाशित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?