काठमाडौँ– फिल्म ‘बेहुली फ्रम मेघौली’ ले तीन दिनमा सवा दुई करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ । फिल्मले शनिबारसम्म दुई करोड २५ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण टिमले जनाएको छ ।
फिल्मले शनिबार मात्रै एक करोडभन्दा बढी ग्रस कलेक्सन गरेको फिल्मका वितरक अशोक शर्माले जनाएको छ । घटस्थापनाको अवसर पारी गत बिहीवारदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमै ८० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।
मोफसलमासमेत राम्रो शो पाएको फिल्मले शुक्रबार पनि उत्साहजनक ग्रस कलेक्सन गरेको उनले जनाएको छ । फिल्ममा सजन काफ्ले र आकाश बरालको निर्देशन तथा लेखन रहेको छ । फिल्मलाई स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेका हुन् ।
फिल्ममा स्वस्तिमा र निश्चलका साथमा बसुन्धरा भुषाल, विजय बराल, सिम्ररन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरू विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको पनि अभिनय छ।
फिल्मको कार्यकारी निर्मातामा फिरोज खड्का र शंकर पाण्डे छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया