मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड

शबाना आजमीले किन दुईपटकसम्म आत्महत्याको प्रयास गरेकी थिइन् ?

काठमाडौँ– बलिउडमा आफ्नो अभिनय कलाले जादु छरेकी अभिनेत्री शबाना आजमीको नाम अग्र स्थानमा स्थापित छ । अहिले उनी ७४ वर्षको बसन्तमा हिँडिरहेकी छिन् । बलिउडमा पाँच दशकको लामो यात्रामा उनले १५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् ।

अभिनय करिअरमा उनले निर्वाह गरेका हर भूमिका आम दर्शकको मनमा बसेका छन् । आम दर्शकको मनमा बसेकी उनै अभिनेत्रीले मानसिक रुपमा विक्षिप्त भएर दुई पटकसम्म आत्महत्याको प्रयास गरेकी थिइन् भन्ने जानकारी पाउँदा तपाईंलाई अचम्म लाग्न सक्ला । तर यो सत्य हो ।

हिन्दी अनलाइन पोर्टल नारीमा उल्लेख भए अनुसार उनले नौ वर्षको उमेरमै आत्महत्याको प्रयास गरेकी थिइन् । त्यतिबेला उनलाई आफ्नी आमाले आफूलाई भन्दा बढी भाइलाई माया गर्छिन् भन्ने भ्रम परेको थियो ।

त्यही क्रममा आमाले रिसको झोकमा घरबाट निस्केर जान हप्काएपछि उनी मर्नकै लागि रेलको अगाडि गएकी थिइन् । त्यतिबेला सुरक्षाकर्मीले देखेर उनलाई घरसम्म छोडेका थिए ।

संघर्षशील समयमा आफैले आफैलाई सम्हालिन्

शबानाको कलाकारिता क्षेत्र अहिले सफल र स्थापित देखिएपनि उनको शुरुवाती समय निकै कठिन थियो । त्यतिबेला उनी मानसिक तथा भावनात्मक रुपमा समेत निकै कमजोर बनेकी थिइन् ।

त्यो समयमा पनि उनले आफ्नो जीवनदेखि नै हार मानेकी थिइन् । यद्यपि त्यो समयपरिस्थितिलाई सम्हाल्दै उनी अगाडि बढिन् । उनका अनुसार प्रत्येक मानिसहरु केही न केही मानसिक समस्याहरुबाट जेलिरहेका हुन्छन् । यस्तो अवस्थामा खुलेर कुरा गर्न एकदमै जरुरी हुन्छ ।

उनको अनुभव अनुसार जीवनमा आएका अर कठिन परिस्थितिहरुबाट नै मान्छेले जीवनमा नयाँ यात्राको शुरुवात गर्न सक्छन् । सन् १९५०, सेप्टेम्बर १८ मा जन्मिएकी शबानाको बुवा कैफी आजमी कवि तथा गीतकार थिए भने आमा शौकत आजमी रङ्गकर्मी थिइन् । शबना पुणेमा अभिनय कला सिकेपछि सन् १९७३ मा अभिनेत्री बन्ने सपना बाकेर मुम्बई पसेकी थिइन् ।

त्यहाँ उनको भेट निर्माता तथा निर्देशक ख्वाजा अहमद अब्बाससँग भएको थियो । उनैले आफ्नो फिल्म ‘फासला’ मा अभिनय गर्न अवसर दिएका थिए । यस फिल्मपछि उनले बलिउडमा पछाडि फर्केर हेर्नुपरेन । यद्यपि उनको फिल्म ‘फासला’ भन्दा पहिले ‘अंकुर’ प्रदर्शनमा आएको थियो । १९७४ मा प्रदर्शन भएको फिल्मको निर्देशन श्याम बेनेगलले गरेका थिए ।

जसमा अंकुर हैदरावादको एक सत्य घटनालाई चित्रण गरिएको थियो । यस फिल्ममा उनले लक्ष्मी नामको एक ग्रामीण महिलाको भूमिका निर्वाह गरेकी थिइन् । करिअरको शुरुवातमा यस किसिमको भूमिका निभाउन जो कोही अभिनेत्रीहरु स्वीकार गर्दैनथे । तर आजमीले भने सहजै स्वीकार गरेकी थिइन् । जुन फिल्म सुपरहिट समेत भयो ।

यो फिल्ममा गरेकै अभिनयकै कारण उनलाई सर्वोश्रेष्ठ अभिनेत्रीकी रुपमा राष्ट्रिय पुरस्कार समेत प्रदान गरिएको थियो । १९७५ मा आजमीले फेरि श्यामकै फिल्म ‘निशान्त’मा आजमीले काम गरेकी थिइन् । १९७७ सम्ममा शबानाको फिल्मी करिखरले निकै उचाई लिइसकेको थियो ।

यही वर्ष उनले फिल्ममेकर सत्यजीत रायको फिल्म ‘शतरंज के खेलाडी’ काम गरिन् । यस फिल्मबाट उनले सवैश्रेष्ठ अभिनेत्रीको रुपमा ‘फिल्म फेयर पुरस्कार’ समेत हात पारिन् । उनले विनोद खन्नासँगै ‘एन्थोनी,’ ‘परवरिश’ जस्ता फिल्महरु खेलिन् ।

सन् १९८२ मा प्रदर्शन भएको फिल्म ‘अर्थ’ शबानाका लागि अरिअरको टर्निङ पोइन्ट नै बन्यो । त्यसै पनि अगाडि बढिरहेको उनको कलाकारिता यात्रामा यो फिल्म अझ महत्वपूर्ण साबित भयो । यो फिल्मले उनलाई दोस्रोपटक सर्वश्रेष्ठ अभिनेत्रीकी रुपमा राष्ट्रिय पुरस्कार समेत दिलायो । फिल्मको निर्देशन महेश भट्टले गरेका थिए ।

१९८३ मा प्रदर्शन भएको फिल्म ‘मंडी’मा उनी वेश्यालय सञ्चालन गर्ने रुक्मणी बाईको भूमिकामा देखिएकी थिइन् । फिल्मको निर्देशन श्याम बेनेगलले नै गरेका थिए । १९९६ मा प्रदर्शन भएको फिल्म ‘फायर’ पछि उनको ख्याती अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको थियो ।

दीपा मेहताको निर्देशनमा बनेको यस फिल्ममा उनी राधा नामकी महिलाको भूमिका निर्वाह गरेकी छिन् । समलिङ्गी प्रेमको विषयमा बनेको यस फिल्म भारतका लागि पहिलो थियो । त्यसकारण तीनताका यो फिल्म विवादास्पद समेत बन्यो ।

भारतीय कवि, गीतकार एवं स्क्रिन राइटर जावेद अख्तरसँग विवाहबन्धनमा बाँधिएकी शबानाले ‘अंकुर,’ ‘फकिरा,’ ‘कादम्बरी,’ ‘शक,’ ‘विश्वासघात,’ ‘अमर अकवर एन्थनी,’ ‘चोर सिपाही,’ ‘एक ही रास्ता,’ ‘हीरा और पत्थर,’ ‘कर्म,’ ‘किस्सा कुर्सीका’ लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?