काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह चार दिने भुटान भ्रमण समाप्त गरी स्वदेश फर्किएका छन्।
भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार त्यसतर्फ प्रस्थान गरेका पूर्वराजा शाह आइतबार स्वदेश फर्किएका हुन् ।
धार्मिक भ्रमणमा भुटान गएका भनिएका शाहले आफूले अध्ययन गरेको दार्जिलिङको नर्थ पोइन्ट स्कूलमा आफ्ना केही सहपाठीसहित पूर्वविद्यार्थीहरूको भेलालाई सम्बोधन गरेको बताइएको छ ।
पूर्वराजा शाहाको भुटान भ्रमणबारे आधिकारिक रुपमा भुटान तथा निर्मलनिवासका तर्फबाट आधाकारिक रुपमा केही नभनिएपनि यसको कुटनीतिक तथा राजनीतिक महत्त्वबारे नेपालमा अनेक अड्कलबाजी हुन थालेका छन्। जहाँ भुटानमा पूर्वराजा शाहलाई अघोषित रुपमा राजकीय सम्मान दिइएको थियो।
पूर्वराजा शाहको भ्रमण टोलीमा उनकी छोरी प्रेरणा, भतिजी सितास्मासहित उनको सचिवालयका सहयोगीहरू पनि सामेल थिए।
ड्रुक एयरलाइन्सको विमानबाट आज बिहान सभा ८ बजे उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई नेपाल फर्कने क्रममा भुटानका नरेश जिग्मे केशर वाङचुकले शाही अतिथि गृह थिम्पुमा बिदाइ गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया