काठमाडौँ– वरिष्ठ आख्यानकार डा ध्रुबचन्द्र गौतमले काठमाडौँमा साहित्यकार चितवन शिखरबास स्मृतिबिम्बको विमोचन गरेका छन् ।
त्यस अवसरमा उनले साहित्यकार चितवन शिखरबासले नेपाली, हिन्दी, बगाली र उर्दु भाषामा साहित्य सृजना गरेर ठूलो योगदान पुर्याएको बताए । प्रमुख अतिथि डा गौतमले तत्कालीन समयमा चर्चामा नआएको भए पनि उहां सृजनाका कारण सधैँ जीवित रहि रहनेसमेत बताए ।
पचास वर्षअघि साहित्यमा सक्रिय चितवन शिखरबासका अप्रकाशित कृतिहरू प्रकाशन गर्ने चाँजोपाँजो मिलाउनु पर्ने पनि उनले जनाएका छन् ।
विमोचित कृतिको समीक्षा गर्दै कवि तथा समालोचक प्राडा शैलेन्द्रुप्रकाश नेपालले चितवन शिखरबास प्रगतिशील र सामाजिक रूपान्तरणका पक्षमा वकालत गर्ने लेखक भएको बताए । कवि तथा समीक्षक हरि अधिकारीले एउटी छोरीले आफ्नो बुबाको सम्मानमा गरेको काम विशिष्ट र सम्मानयोग्य रहेको बताए ।
विमोचन गरिएको चितवन शिखरबास स्मृतिबिम्ब साहित्यकार निरुपा प्रसुनले सम्पादन गरेकी हुन । चितवन शिखरबासकी उनी कान्छी सुपुत्री हुन । कवि मणि लोहनीले साहित्यकार चितवन शिखरबासको रचनामा प्रगतिशीलता र आध्यात्मिकताको सङ्गम भेटिने बताए ।
कृतिका सम्पादक तथा कार्यक्रमका सभापति लेखक निरुपा प्रसुनले आफ्ना पिता चितवन शिखरबासका बारेमा विविध स्मंरणहरु सुनाएकी थिइन ।
चितवन शिखरबास स्मृतिबिम्बमा २७ जनाले उहाँमाथि लेखेका लेख र स्मंरणहरु समावेश छन् । १९९८ सालमा चितवनमा जन्मिएका चितवन शिखरबासको २०७६ सालमा निधन भएको थियो । उनका कथा कविताका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया