मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिट रहन के गर्ने ?

जिन्दगीभर स्वस्थ र फिट रहन कसलाई चाहाना हुँदैन ? तर पनि मानिसले नचाहेरै विभिन्न रोगको सिकार हुनुपर्छ ।

कतिपय व्यक्तिको आफ्नै गल्ती जस्तै लापरबाही जीवनशैली त कतिपय अवस्थामा सबै कुरामा ध्यान दिँदा दिँदा पनि मान्छे अस्वस्थकर बन्न पुग्छ ।

  त्यसो भए फिट रहन के गर्ने त ?

– गाडीमा यात्रा गर्नुभन्दा बाइक वा साइकल चलाउनुहोस् । यसले शरीर सुगठित हुन मद्दत गर्छ ।

– शारीरिक व्यायाम गर्दा आउने चोटपटकबाट बच्नुहोस् । युवा अवस्थामा सामान्य चोटपटकलाई बेवास्ता गर्दा क्रमिक रूपमा ठूलो हुने खतरा आउन सक्छ ।

–  सकेसम्म खेलकुदमा भाग लिनुहोस् । यसले शरीरमा ऊर्जा प्रदान गर्छ । तर, खेल्दा वा अन्य साहसिक काम गर्दा सजग रहनुहोस् । खेल्दा प्रयोग गरिने सामग्री सही ढङ्गले प्रयोग गर्नुहोस् ।

– सकेसम्म जिम जानुहोस् । तर, सन्तुलित जिम गर्नुहोस् ।

– स्कुल–कलेज वा कार्यालय जाँदा सकेसम्म हिँडेर जाने गर्नुस् । यसले शरीरमा स्फूर्ति ल्याउँछ र अल्छीपन हटाउँछ ।

– कहिलेकाहीँ साथीभाइसँग घुम्न र रमाइलो गर्न निस्कनुहोस् । यसो गर्दा रिफ्रेस भइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?