मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जो नाच्छ ऊ धेरै बाँच्छ ! 

स्वस्थ हुन लागि हाँस्ने मन्त्र त तपाईँहरूले सुन्नु भएकै होला। अब स्वस्थ हुन नाच्नुस् पनि। नाचले शरीरसँगै दिमागमा पनि सकारात्मक असर पर्छ।  जानौँ नाच्नुका फाइदा :

तौल घटाउन लाभदायक 
नाच्दा शारीरिक अभ्यास हुन्छ। यसबाट १०० देखि ४०० सम्म क्यालोरी घट्छ।

मनोरञ्जक अभ्यास
जसलाई सामान्य अभ्यास गर्न बोर लाग्छ, उनीहरूका लागि नाच एक मनोरञ्जक अभ्यास हुन सक्छ।

बडी टोन मजबुत
नाचबाट तपाईँको बडी टोन मजबुत हुन्छ। यसबाट शरीरमा तागत आउँछ र शरीरको लचिलोपन पनि बढ्छ।

आत्मविश्वास बढाउँछ
नाच्नाले तपाईँमा कन्फिडेन्स महसुस हुन्छ। यसबाट हिचकिचाहट पनि दूर हुन्छ।

तनावबाट मुक्ति
नृत्य गर्नाले तनावबाट राहत मिल्छ। जब तपाईँ कुनै मन पर्ने गीत सुन्दै नाच्नुहुन्छ, सारा तनाव भुल्नुहुन्छ र स्फूर्ति महसुस गर्न सक्नुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?