काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले साउथहम्पटनलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा आर्सनलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा काइ हाभर्ट, गाब्रियल मार्टिनेली र बुकायो साकाले एक एक गोल गरेका थिए । त्यसैगरी साउथहम्पटनका लागि क्यामरुन आर्चरले एक गोल गरेका थिए ।
यो जितपछि आर्सनलको ७ खेलमा १७ अङ्क भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी साउथहम्पटनको भने यस सिजनमा यो छैटौँ हार हो । ७ खेलमा एक अङ्कसहित साउथहम्पटन १९औँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया