मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुन बार कस्तो रङ्गको कपडा लगाउने ?

प्रत्येक रङ्गको फरक महत्त्व हुन्छ।  रङ्गहरूको पनि आफ्नै प्रभाव हुन्छ।  केही रङ्गहरूले तपाईँलाई सकारात्मक ऊर्जा दिन्छन् भने केही रङ्गले तपाईँको काम बिगार्न सक्छ।

यदि तपाईँले हप्ताको प्रत्येक दिन यी रङ्गका कपडा लगाउनुभयो भने, तपाईँको भाग्यमा निश्चित रूपमा परिवर्तन आउनेछ। 

आइतबार :

आइतबार भगवान सूर्य को दिन हो। यदि तपाई यस दिन पहेँलो र रातो रङ्गको लुगा लगाउनुहुन्छ भने, तपाईँले सकारात्मक ऊर्जा महसुस गर्नुहुनेछ। यस दिन तपाई उत्साहित हुनुका साथै स्फूर्ति महसुस गर्नु हुनेछ।

सोमबार :

सोमबार चन्द्रमाको दिन हो। यस दिन सेतो रङ्गको कपडा लगाएमा शुभ मानिन्छ। यदि सम्भव छ भने, तपाई सोमबार सेतो लुगा लगाउनुहोस् । अनि मात्र तपाईँले  प्रसिद्धि र सफलता प्राप्त गर्न सक्नुहुनेछ।

मंगलबार :

मंगलवार हनुमानको दिन हो। यस दिन, तपाईँले रातो, सुन्तला, गाढा खैरो र चकलेटी रङ्गका लुगा लगाउनुपर्नेछ। यो दिनको गृह मंगल हो। यदि तपाई यस दिन यी रङ्गका लुगा लगाउनुहुन्छ भने तपाईँको बोलिले अरूमा गहिरो प्रभाव पार्नेछ।

बुधबार :

बुधबार गणेश भगवानको दिन हो। गणेश भगवानको सबैभन्दा प्रिय बस्तु भनेको घास हो। यस दिन हरियो रङ्ग निकै नै महत्त्वपूर्ण मानिन्छ। यस दिन हरियो रङ्गको लुगा लगाएमा तपाईँले विशेष फलहरू प्राप्त गर्नुका साथै रोजगार र व्यवसायमा अनुकूल वातावरण सिर्जना गर्नुहुनेछ।

बिहीबार : 

बिहीबार साई र बृहस्पति को दिन हो। यी दुवै ईश्वरको प्रिय रङ्ग पेलो हो। बृहस्पतिलाई सम्मानको देवता पनि मानिन्छ। त्यसकारण, यस दिनमा पेलो धारण गर्नु शुभ मानिन्छ। यदि तपाई बिहीबार पेलो लगाउनु हुन्छ भने, पूरा दिन तपाईँको लागि धेरै भाग्यशाली साबित हुने छ।

शुक्रबार :

शुक्रवार लक्ष्मी माताको दिन मानिन्छ। यस दिन जहिले पनि सफा लुगाहरू लगाउनुहोस्। कालो रङ्ग बाहेक अरू रङ्गको कपडा प्रयोग गर्नुहोस्।  सफा कपडा लगाउँदा लक्ष्मी माता प्रसन्न हुने गर्दछिन्।

शनिबार :

शनिबार शनिदेवको दिन हो। यस विशेष दिनमा शनि महाराजलाई तेलको बत्तीले पनि प्रज्वलित गरिन्छ। शनिदेवको लोकप्रिय रङ्ग कालो, निलो, गाढा बैजनी तथा बैजनी हो। शनिबार यस रङ्गका कपडा लगाए शनिको प्रकोपबाट टाढा रहन मदत गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?