मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रधानमन्त्री प्रकोप उद्धार कोषमा निफ्राको २५ लाख सहयोग

काठमाडौँ- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्राले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

हालै परेको अविरल वर्षाको कारण काठमाडौं उपत्यका लगायत मुलुकभर बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज, उद्धार र राहतमा निम्ति सहयोग गरिएको बैंकले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ कृष्णबहादुर अधिकारीले सो सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?