मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् तेल मालिसका फाइदा

तेल लगाएर मालिस गर्दा बालबालिकाको मांसपेशी र हड्डीहरू बलियो हुनुका साथै रक्तसञ्चार पनि राम्रोसँग हुन्छ । यसले उसको शारीरिक, मानसिक विकासमा पनि मद्दत पुग्छ ।

तोरीको र तिलको तेल दुवैले मालिस गर्दा हुन्छ । बच्चाको हड्डी र मांसपेशीको लागि तोरीको तेल धेरै राम्रो हुन्छ । यो तेलमा लसुन र मेथी फुराएर लगाउने नेपाली चलन छ । 

लसुनले रोग–प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने बुढापाकाहरूको भनाइ छ । केही स्वास्थ्यकर्मीहरू तोरीको तेलले मालिस गर्दा ‘एलर्जी’ हुन्छ भन्ने पनि गर्छन् । वास्तवमा अलिकति तेल छालामा लगाएर ‘एलर्जी’ हुनेहरू धेरै हुँदैनन् । विदेशीहरूलाई तोरीको तेलले ‘एलर्जी’ हुन सक्छ । तर यो तेलले बच्चाको अनुहार, छाला नरम बनाउँछ ।

त्यसै गरी बदामको तेलले पनि मसाज गर्दा हुन्छ तर यो महँगो हुन्छ । यसले छाला र कपाल नरम बनाउँछ । जाडोको समयमा यो तेलले मालिस गर्दा जीउ तातो हुन्छ । बदाममा भिटामिन ‘ई’ र अरू खनिज पदार्थ पाइन्छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?