काठमाडौँ – पहिरोका कारण बन्द भएर खुलेको केही बेरमै फेरि पहिरो जाँदा दाउन्नेमा सडक अवरुद्ध भएको छ ।
अहिले सो क्षेत्रमा पूर्ण रूपमा यातायात बन्द भएको छ भने पुरानो ट्र्याकमा पहिरो झर्ने क्रम नरोकिएपछि नयाँ ट्र्याक खोल्ने काम थालिएको छ ।
यसका लागि अझै केही समय लाग्ने भएकोले राजमार्ग खुल्न अझै केही समय लाग्ने नवलपरासी पश्चिमकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिइन् ।
पहिरोका कारण काठमाडौँ र पूर्वबाट पश्चिमतिर गएका झन्डै सात सय गाडी दाउन्नेमा रोकिएर बसेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया