मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नासाको ‘साइकी मिसन’ले पठायो मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत 

काठमाडौँ – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ ।

प्रक्षेपण भएको झण्डै एक वर्षपछि, नासाको डीप स्पेस अप्टिकल कम्युनिकेसन प्रयोगले पृथ्वीबाट साइकी स्पेसक्राफ्टमा लगभग ४ सय ६० मिलियन किलोमिटर टाढा लेजर सिग्नल पठाएको नासाले जनाएको हो । 

योसँगै भविष्यमा लेजरको माध्यमबाट मङ्गल ग्रह र त्यहाँबाट पृथ्वीमा सञ्चार गर्न सकिने आशा जाग्दा नासाले यो कार्यलार्ई महत्त्वपूर्ण कोसेढुङ्गा को संज्ञा नै दिएको छ । 

गएको वर्ष अक्टोबरमा फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको साइकी अन्तरिक्ष यान, मङ्गल र बृहस्पतिबीचको मुख्य क्षुद्रग्रह बेल्टको टाढाको भागमा रहेको धातुयोग्य क्षुद्रग्रहको अध्ययन गर्ने पहिलो अमेरिकी मिसन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?