मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जनकपुरधाममा तीनवटा अत्याधुनिक शौचालय निर्माण गरिने

महेन्द्रनगर ‘धनुषा’ – मधेश प्रदेश सरकारले जनकपुरधाममा तीनवटा अत्याधुनिक शौचालय निर्माण गर्ने भएको छ ।

प्रदेश राजधानीसमेत रहेको यहाँ पर्यटकीय विकास तथा विस्तारका लागि सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत रु तीन करोडको लागतमा शौचालय निर्माण गर्न लागिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहन साहले जानकारी दिए । शौचालय निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा स्थानसमेत पहिचान गरिएको उनले बताए।

आज उपाध्यक्ष साहसहित जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका निमित्त सचिव सुशील साहलगायत व्यक्ति सम्मिलित टोलीले जनकपुरधाम बसपार्क, राम मन्दिरको दक्षिणी भाग र कभर्डहल तथा मणिपालको बीचमा शौचालयका लागि जग्गा पहिचान गरिएको हो ।

यसैगरी उपाध्यक्ष साहसहितको टोलीले जनकपुरधाममै सांस्कृतिक पर्यटकीयपार्क निर्माणका लागि तिरहुतिया गाछीमा जग्गा यकिन गरेको छ । खुला जिमसहितको पार्क निर्माणका लागि प्रदेश सरकारले रु ४० लाख विनियोजन गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?