काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं प्रतिनिधिसभा सदस्य डीपी अर्यालले विपद्पछि मोबाइलमा नेटवर्क नहुने र डाटासमेत नचल्ने समस्याप्रति सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार उपसभापति अर्यालले हालैको विपद्पछि मोबाइलमा नेटवर्क नहुने र डाटासमेत नचल्ने समस्याका कारण विशेषतः चाडपर्वका बेला आवत–जावत गर्ने सर्वसाधारण समस्यामा परेको भन्दै तत्काल समाधानको पहल गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया